Connect with us
Kapilvast Forest

प्रधानमन्त्री देउवा आज पोखरा जाँदै

२०७८, २४ आश्विन आईतवारमा प्रकाशित

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा जानुहुने भएको छ ।गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रमलगायतमा भाग लिन प्रधानमन्त्री देउवा आज पोखरा जान लाग्नु भएको हो । ।

देउवा गत असार २९ मा प्रधानमन्त्री हुनु भएको थियो । प्रधानमन्त्री भएपछि पहिलोपटक काठमाडौं बाहिरको कार्यक्रममा सहभागी हुन आज देउवा पोखरा जान लाग्नु भएको हो ।

आज बिहान प्रधानमन्त्री देउवा पोखरा पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले जनाएको छ।नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले आज पोखरामा कांग्रेस कार्यकर्ताहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ।प्रधानमन्त्री देउवा आज पोखरामै बस्ने कार्यक्रम छ भने पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सोमबार गर्ने कार्यक्रम पनि तय भएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu