Connect with us
Kapilvast Forest

लुम्बिनीमा बङ्गलादेशले बाैद्ध विहार बनाउने

२०७८, २४ आश्विन आईतवारमा प्रकाशित

काठमाडौं  – बुद्ध जन्मस्थल लुम्बिनीमा बङ्गलादेशले बाैद्ध विहार बनाउने भएको छ । नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तयाबीच लुम्बिनीमा बौद्ध विहार बनाउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपाल र बङ्गलादेशबीच सांस्कृतिक तथा पर्यटकीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले बौद्ध विहार बनाउन लागेको लुम्बिनी विकास कोषले जनाएको छ । लुम्बिनीको पश्चिम क्षेत्रमा रहेको प्लट नम्बर डब्लुसीमा ८० वर्गमिटर क्षेत्रफलमा विहार बनाउने गरी बङ्गलादेशले सम्झौता गरेको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले बताउनुभयो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ । बङ्गलादेशले बौद्ध विहार बनाएपछि लुम्बिनीमा प्रतिनिधिमूलक विहार निर्माण गर्ने देशको संख्या १८ पुग्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu