Connect with us
Kapilvast Forest

कपिलवस्तुका शाह कोभिड-१९ योद्धा आवार्डबाट सम्मानित

२०७८, २४ आश्विन आईतवारमा प्रकाशित

काठमाडौ- कपिलवस्तुका युवा समाजसेवी रहिस शाह कोभिड १९ योद्धा आवार्डबाट सम्मानित भएका छन् । कोरोना महामारीमा गरिव दुखिलाई सहगोग गरेकोले मायादेवी चेरिटेबल फाउन्डेसन भैरहवाद्वारा समाजसेवी रहिश शाह सम्मानित भएका हुन ।

कोरोना महामारीको कठिन परिस्थितिमा मानव सेवामा नि:स्वार्थ भावनाले समर्पित रही स्वास्थ्य क्षेत्रमा अति उत्कृष्ट कार्य गरेको (HEROS) लाई सम्मान गर्नका लागी आयोजीत प्रदेश स्तरीय कोभिड १९ योद्धा सम्मान समारोहमा कपिलवस्तुको शिवराज ५ निवासी रहिस शाहलाई सम्मानित गरिएको आयोजक संस्था मायादेवी चेरिटेबल फाउन्डेसनले जनाएको छ ।

शाहले कोभिड महामारीको समयमा गरिब दुखिलाई खाद्यान्न वितरण, औषधि उपचारमा सहयोग र बेरोजगारलाई रोजगारको ब्यवस्था गरेका थिए ।

भैरहवामा आयोजित सम्मान कार्यक्रममा कपिलवस्तु, रुपन्देहीका समाजिक ब्यक्तित्व, सुरक्षाकर्मी, पत्रकारलाई सम्मानित गरिएको थियो ।

कपिलवस्तुबाट विभिन्न निकाय, समाजिक ब्यक्तिहरुको क्षनोटको आधारमा शाहलाई सम्मानित गरिएको छ । रहिश शाह जनता समाजवाद पार्टी नेपाल कपिलवस्तुका युवा नेता समेत हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu