Connect with us
Kapilvast Forest

छोराछोरीको सहमतिमा कलाकार मनोज गजुरेलको विवाह

२०७८, २६ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौँ -कलाकार मनोज गजुरेलले विवाह गर्नुभएको छ ।गजुरेलले आज सामाजिक सञ्जालमार्फत् आफूले विवाह गरेको जानकारी दिनुभएको हो । न्याय सेवामा अधिकृतको रुपमा कार्यरत मञ्जु पोखरेलसँग उहाँको विवाह भएको हो ।

चार वर्षअघि मिना ढकालसँग कलाकार गजुरेलको सम्बन्धविच्छेद भएको थियो ।सामाजिक सञ्जालमा गजुरेलले लेख्नुभएको छ, ‘जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महसुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु-नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशील हुनु पनि जरुरी थियो ।

यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौँ।’विवाह गर्ने निर्णयमा पुग्न आफ्ना छोराछोरीहरुको सुझाव र सहमतीले पनि ठूलो सहयोग पुगेको गजुरेलले लेख्नुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu