Connect with us
Kapilvast Forest

मोतिपुरको कर्फ्‍यू आज राति १२ बजेदेखि हट्ने

२०७८, २६ आश्विन मंगलवारमा प्रकाशित

बुटवल – बुटवलको मोतिपुरमा रुपन्देही प्रशासनले लगाएको कर्फ्‍यू आज राति १२ बजे देखि हटाउने भएको छ ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मंगलबार एक सूचना जारी गर्दै असोज २४ गते दिउसो ४ बजे देखि लगाईएको कर्फ्‍यू रातिको १२ पछि हटाइने जनाएका छन्।

बुटवल उप–महानगरपालिका वडा नम्बर १७ र १८ मा निर्माणाधिन मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीका नाममा टहरा बनाउने समूह र प्रहरीबीच शनिबार झडप हुंदा प्रहरीको गोली लागेर चार जना सर्वसाधारणको मृत्यु र प्रहरीसहित ७० जना भन्दा बढी घाइते भएपछि कर्फ्‍यू लगाइएको थियो ।

कर्फ्‍यू लगाइएको तेस्रो दिनमा त्यहांको स्थिति सामान्य अवस्थामा फर्कन थालेको छ । कर्फ्‍यू हटाए पनि भदौ २८ गते देखि नै जारी गरिएको निशेधाज्ञा भने यथावत रहेको सूचनामा उल्लेख छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu