Connect with us
Kapilvast Forest

कपिलवस्तु प्रहरीद्वारा हराएका १४ वर्षिय बालक आफन्तको जिम्मा लगायो

२०७८, २७ आश्विन बुधबारमा प्रकाशित

कपिलवस्तु – गत फागुन २९ गतेदेखि घरदेखि हराएका कपिलवस्तुका १४ वर्षीय बालकलाई प्रहरीले फेला पारी आफन्तको जिम्मा लगाएको छ । कपिलवस्तु नगरपालिका वडा नं.३ का रामविक्रम तेलीका १४ वर्षीय छोराको काशीराम तेली गत फागुन २९ गतेदेखि हराएकोमा भारतको मुम्बईबाट उद्दार गरी आफन्तको जिम्मा लगाएको हो ।

बुवा रामविक्रमले छोरा हराएको भन्दै हुलिया सहितको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा निवेदन दिएपछि प्रहरीले बालकको खोजी सुरू गरेको थियो । खोजी गर्दै जाँदा ती बालक भारतको मुम्बई डोगरीस्थित बालगृहमा रहेको पत्ता लागेपछि सुंयक्त नेपाली महासंघ मुम्बई संस्थाको सहयोगमा उनलाई नेपाल ल्याइएको हो ।

उक्त संस्थाका महासचिव पुरन कुँवरले बालकलाई मुम्बईदेखि ल्याई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बुझाएका थिए । प्रहरीले बालकलाई कपिलवस्तु न.पा.वडा नं.३ का वडा अध्यक्ष प्रकाश गैरे र साथी संस्थाका संयोजक विमला घिमिरेको रोहवरमा बुवा विक्रम तेली र आमा जोखनी तेलीलाई जिम्मा लगाई पठाइएको जनाएको छ ।

साथै बालकलाई मुम्बईबाट ल्याउने सुंयक्त नेपाली महासंघ मुम्बई संस्थाका महासचिव पुरन कुँवरलाई कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले प्रशंसा पत्र प्रदान गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu