Connect with us
Kapilvast Forest

असल समाजसेवीका रुपमा चिनिएका पौडेल

२०७८, २७ आश्विन बुधबारमा प्रकाशित

कपिलवस्तु – नेपाल स्वयंसेवक संघका संस्थापक, केन्द्रीय अध्यक्ष खेमराज पौडेल असल समाजसेवीका रुपमा चिनिन थालेका छन् ।
नेपाल स्वयंसेवक संघले छोटो समयमा ‘जनताको माझमा बोलेर हैन गरेर देखाऔँ’ भन्ने भनाइलाई आत्मसाथ गर्दै काम गरिरहेको छ । यसको उदाहरण अध्यक्ष पौडेलले सबैलाई सक्दो सहयोगको अपिल गर्दै अनिता विक बचाउ अभियान नै चलाएका छन् ।

बाणगंगा नगरपालिका–८ चप्परगाँउका झविन्द्र विककी श्रीमती अनिता विकले काठमाडौँ मेडिकल कलेजमा Myasthenic crisis रोगको २१ दिन उपचार गराउँदा १५ लाख खर्च भएको थियो । उनी २ महिनाकी सुत्केरी हुन् । अस्पतालबाट घर फर्किएको ७ दिन पछि पुनः रोग बल्झिएपछि उनले अहिले फेरि काठमाडौँको न्युरो अस्पतालमा उपचार भइरहेको छ । अनिताको उपचारका लागि धेरै नै रकमको आवश्यक पर्ने देखिएको र उनको आर्थिक अवस्था कमजोर भएकोले उपचारको लागि आर्थिक सहयोग गरिदिन अपिल गर्दै पौडेलले मन्त्री, अन्य समाजसेवी, जनप्रतिनिधि, पत्रकार, देशविदेशमा रहेका सबै नेपालिसँग समन्वय गरेर बचाउन लागिपरेका छन् ।

यस्तै समाजमा दुःखी समस्यामा परेका नागरिकलाई सहयोग गर्न ७७ वटै जिल्लामा संस्थाको विपत् व्यवस्थापन उपसमिति पनि छिट्टै गठन गर्ने तयारी गरिएको छ ।

संघका संस्थापक पौडेल यसो भन्छन्,
‘देशभर सञ्जाल रहेको नेपाल स्वयंसेवक संघ यसका २० विभागीय संगठन यसको उद्देश्य तथा लक्ष्यमा अग्रसर हुन २०७६ भदौ १४ मा स्थापना र २०७७ साउन २१ मा काठमाडौंमा विधिवत रूपमा दर्ता भएको हो । ‘नमस्ते पारव्रह्म नमस्ते परमात्मने सर्व हिताय नमस्तुभ्यम् स्वयंसेवकाय नमो नमः’ विस्तारको क्रममा रहेको छ । मुलुकमा व्यक्ति, परिवार र समाजको सचेतनापूर्वक संगठित प्रयासले भोलिको सम्पन्नताको मार्ग तय गर्दछ ।

नेपालीहरूको सपना, देश र राष्ट्रको सपना हो । अर्काे शब्दमा नेपाली युवा तन्नेरीको सपना हो । युवाहरू क्रान्ति, निर्माण र सुधारको तीनै चरणका अपरिहार्य र महत्वपूर्ण इञ्जिन हुन् । युवाहरू आजको राष्ट्र समृद्धिका प्रतिनिधि हुन् । परिवर्तनका पहरेदार, संगठित शक्ति हुन् । हामी नेपाल राष्ट्रको विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रतिबद्ध छौँ । संविधानले मार्ग प्रशस्त गरेको नेपाली जनताको परिवर्तनको चाहाना समाजवादी समाजको विकास हो । यसका लागि स्रोतसाधनमा जनताको पहुँच, समावेशी विकासमा प्रतिनिधित्वको साथै सामाजिक न्यायको स्थापनामार्फत भोक, रोग, गरिबी अन्धविश्वास, अशिक्षा, कुपोषणको अन्त्य गर्नु हाम्रा प्रमुख तथा महत्वपूर्ण एजेन्डा हो ।

स्वरोजगार निर्माण गरी देशमै रहने वातावरण बनाई पलायन रोक्नु, बढ्दो महङ्गी भ्रष्टाचार, बलत्कार, देशभित्र तथा बाहिर हुने घुसपैठ, कालोबजारी जस्ता गलत कार्यमा खबरदारी गर्नु यो संघको मुख्य कार्य हो र भूमिकामा हरेक सदस्य जागरुक रहेका छन् ।

नेपाल स्वयंसेवक संघ नामबाट नै प्रष्ट छ कि आफ्नै देशको सेवा गर्ने स्थायी रूपमा, आर्थिक, शैक्षिक, सामाजिक, खेलकुदलगायत सम्पूर्ण पूर्वाधारको विकास गर्ने उद्देश्यले स्थापना भएको थोरै समयमा पनि यसले आफ्नो स्वरूप पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मसम्म विराट संरचना खडा गर्न सफल भएको छ । जिल्ला तथा प्रदेशमा अन्तक्र्रिया कार्यक्रम निरन्तर चलेका छन् र समाजलाई सकारात्मक सोच बढाउन प्रयासरत छौँ जुन समाजमा लुकेको छैन ।

हामी जाग्नको लागि एकजुट भई राष्ट्र हितको लागि नीति समाजपोषित बनाउने, महान् बुद्धको सद्ज्ञान, विश्व गगनमा फैलाउने र पुनः नेपाली माटोका विषयमा स्वर्णीम भाग्य लेख्ने मसी बनाउने लक्ष्य लिएर हिँडेका छौँ । यति मात्र नभएर स्वर्गको टुक्रा ठानिने नेपालको सांस्कृतिक, प्राकृतिक सम्पदाहरूको तिव्र विकास गरी आर्थिक क्षेत्रमा समेत उच्च स्थान हासिल गर्ने, यसको लागि हामी सबै एकजुट हुँदै छौँ र बाँकी सबै हुनुहुनेछ भन्ने आशा साथै भरोषा छ । हामी आफैँ हाम्रो देश बनाउने छौँ ।

आगामी दिनमा समाजका हरेक क्षेत्रमा आफ्नो गाउँ ठाउँको स्तरोन्नति विकासका लागि र समाज परिवर्तन गर्न युवालाई लक्षित गरी अगाडि बढ्ने योजनामा नेपाल स्वयंसेवक संघ लागि परेको छ । अहिलेसम्म हामी बायाँ सरने क्रममा रक्तदान कार्यक्रम, राहत, विपत् व्यवस्थापन, खबरदारी, वृक्षारोपण, सरसफाइ पहिलोपटक काठमाडौं जिल्ला समितिले पशुपतिनाथ मन्दिरबाट प्रारम्भ भएको र देशव्यापी ७७ वटै जिल्लामा सेवाको रूपमा गर्दै बृहत् संकल्प लक्ष्य भएकोमा राष्ट्रिय अध्ययन हेतु स्थानीय, प्रदेश सरकार तथा केन्द्रमा भेट्ने कार्य ग¥यौँ र अब विभिन्न योजनामध्ये कृषिक्षेत्रमा ७ वटै प्रदेशमा प्रारम्भिक चरणमा छौँ । अध्ययन हेतु कृषि मन्त्रालयको सहजीकरणमा भैरहेको छ ।

राष्ट्रिय अध्ययन अनुसन्धान मेचीमहाकाली जागरण अभियान क्रममा अध्ययनअनुसार हामीले गर्नै पर्ने कार्यहरु
१) सुकुम्बासी र सडक मानिसको व्यवस्थापनः घर बनाइदिने र खेती गर्न दिने वा विस्तारै कर तिरेर आफ्नो बनाउने ।
२) सडक बालकको शिक्षा र आवासको व्यवस्था ।
३) भौतिक निर्माण, नगर महानगरमा प्रत्यक वाडमा प्रोग्राम हल, पुस्तकालय ।
४) देशको सीमा निर्धारण गर्ने काम ।
५) मानवस्रोत परिचालनमा युवाहरुलाई तालिम, कैदीहरुलाई काम, युवालाई विकासका लागी आर्मी बनाई विकासमा लगाउने ।
६) कर प्रणालीमा सुधार ।
७) उद्योगको विस्तार ।
८) ब्यापक वृक्षरोपण (फलफुल र काठका लागि)
९) फोहरको प्रयोग गरी बिजुली ग्यास मल बनाउने र वातावरणीय सरसफाइ ।
१०) विदेशमा रहेका सक्षम र विविध विशेषज्ञहरुसँगको समन्वय ।
११) सुरक्षामा नयाँ प्रविधिको प्रयोग ।

अन्त्यमाः समाजमा लुकेका विभिन्न सम्भावनाका खोजी तथा पहिचान गरी कार्यान्वयन गर्न नेपाल स्वयंसेवक संघ सदा अग्रपंक्तिमा रहेर काम गरिरहेको छ र गरिरहने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu