Connect with us
Kapilvast Forest

दशैं मनाएर राजधानी फर्कनेको भीड

२०७८, २ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौं- दशैंको विदा सकिएसँगै शहरबाट दशैं मनाउन गाउँ गएकाहरू फर्कने क्रम शुरु भएको छ । देशका विभिन्न भागबाट साेमबार राजधानी आउने सवारी साधनमा कोचोकोच गरी यात्रु राजधानी फर्किएका थिए ।

दशैंको विदा सकिएसँगै उपत्यकालगायत विभिन्न जिल्लामा चहलपहल बढेको छ ।बन्द भएका सरकारी कार्यालय पनि खुलेका छन् ।

दशैं मनाउन गाउँघर गएकाहरु काठमाडौं उपत्यका भित्रिने क्रम जारी छ । काठमाडौंका कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायतका नाकाहरुमा दशैं मनाएर राजधानी फर्कनेहरुको भिड बढेको देखिन्छ ।

मानिसहरूको भिडभाडले काठमाडौं पुरानै लयमा फर्किन थालेको छ । काठमाडौं उपत्यकामा हिजोदेखि नै चहलपहल बढेको थियो ।सडकमा गाडीको संख्या पनि बाक्लिंदै गएको छ । सवारी साधनको चहलपहल बढे पनि सडकमा जाम हुने गरी चाप भने अझै नभइसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu