Connect with us
Kapilvast Forest

ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने

२०७८, २ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौं- राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग(ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता नखेल्ने जनाउनु भएको छ ।ललितपुर प्याट्रीयट्सले ज्ञानेन्द्रले चौंथो संस्करणको प्रतियोगिता नखेल्ने जनाएको हो । ज्ञानेन्द्र ललितपुर प्याट्रीयट्सको कप्तान समेत रहनु भएको थियो ।

उहाँको कप्तानीमा ललितपुरले अघिल्लो संस्करणको उपाधि जितेको थियो । कप्तान ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउदै ईपीएल नखेल्ने बताउनु भएको छ।यसअघि पूर्व कप्तान पारस खड्काले ईपीएलबाट नाम फिर्ता लिनु भएको थियो । यस्तै नेपाली टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरी र बलर बसन्त रेग्मीले समेत ईपीएल खेल्नुहुने छैन ।

चौंथो संस्करणको ईपीएल क्रिकेट शनिबारबाट टियु क्रिकेट मैदानमा सुरु हुनेछ । ईपीएलको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सले काठमाडौं किङ्स–११ विरुद्ध खेल्नेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu