Connect with us
Kapilvast Forest

रुपन्देहीमा ६ महिनामा ६ करोडको तस्करीको सामान बरामद

२०७८, ६ कार्तिक शनिबारमा प्रकाशित

बुटवल– रुपन्देही प्रहरीले ६ महिनामा करिब ६ करोड बराबरको तस्करीको सामान बरामद गरेको छ । बैशाखदेखि ४ कात्तिकसम्ममा पाँच करोड ९६ लाख आठ हजार चार सय ३७ रुपैयाँ बराबरको तस्करीको सामान प्रहरीले बरामद गरेको हो । बरामद सबै सामान भन्सार चलान गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार असोज महिनामा सबैभन्दा बढी तस्करीको सामान बरामद भएको छ । यो महिना एक करोड ४४ लाख दुई हजार एक सय १० रुपैयाँ बराबरको सामान बरामद गरी भन्सार पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी सहायक प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिनु भयो ।

यस्तै साउनमा एक करोड २४ लाख ९६ हजार आठ सय १० रुपैयाँ बराबरको सामान बरामद भएको छ । प्रहरीका अनुसार बैशाखमा एक करोड चार लाख तीन हजार चार सय १२, जेठमा १२ लाख ७३ हजार आठ सय ८०, असारमा एक करोड पाँच लाख २९ हजार ६ सय ९६, भदौमा ८५ लाख चार हजार दुई सय ८९ र ४ कात्तिकसम्म १९ लाख ९८ हजार एक सय ६० रुपैयाँ बराबरको तस्करीको सामान बरामद भएको छ ।

चाडपर्वको समयमा बढी तस्करी हुने गरेको र यसको नियन्त्रणका लागि प्रहरी गस्ती बढाएको प्रहरी सहायक प्रवक्ता चन्दले बताउनु भयो । रुपन्देहीका विभिन्न सीमानाकाबाट तस्करी गरी सामान ल्याउने क्रम नरोकिँदा राजश्वमा समेत असर परेको छ । जिल्लाको बेलहिया नाका नेपाल–भारतबीचको मुख्य नाका भएकाले यस नाकाबाट तस्करीका घटना बारम्बार हुने गरेका छन् । कुखुराका चल्ला, लागूऔषध, खाद्यान्न, कपडालगायतका सामग्रीको तस्करी बढी मात्रामा हुने गरेको प्रहरी तथ्यांकले देखाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu