Connect with us
Kapilvast Forest

विराटनगर विमानस्थल खुल्यो, साँझ ५ बजेसम्म उडान हुने

२०७८, ६ कार्तिक शनिबारमा प्रकाशित

 

विराटनगर- अविरल वर्षाका कारण सोमबार साँझबाट बन्द विराटनगर विमानस्थलको हवाई सेवा आज बिहानबाट सुचारु भएको छ । बिहान ७ बजेबाट विराटनगर विमानस्थल खुला भएको हो । विमानस्थल खुला भएसँगै यहाँबाट हुने नियमित उडानहरु खुला भएको विराटनगर नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ ।

कात्तिक महिनाको प्रारम्भसँगै परेको अविरल वर्षाका कारण विराटनगर विमानस्थलमा पानी जमेर डुबान भएको थियो । विमानस्थलहुँदै बग्ने बस्ता खोला, त्यसभन्दा पश्चिमको केशलीया नदी र पूर्वको सुनसरी मोरङ सिंचाइ योजनाको नहरबाट ओभरफ्लो भएको पानी विमानस्थलमा जमेको थियो ।
अधिक वर्षाले विमानस्थलको धावनमार्ग, ट्याक्सि वे र प्रवेशस्थल पुरै जलमग्न बनेको थियो ।

शुक्रबार साँझसम्म धावनमार्गमा जमेको लेदो हटाउने काम सकिएको र आजबाट नियमित उडान सुचारु गर्न आवश्यक सबै तयारी पुरा भएको नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख उत्सव खरेलले जानकारी दिनुभयो ।

प्रमुख खरेलका अनुसार आजबाट केही दिन बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मात्र उडानहरु हुनेछन् । धावनमार्गको लाइटिङ्ग सिस्टममा समस्या आएका कारण साँझ ५ बजेपछिको उडानहरु तत्काल गर्न नसकिने प्रमुख खरेलले जानकारी दिनुभयो । मौसमको अवस्था, धावनमार्ग र विमानस्थलको अवस्था अनुसार उडान समय बढ्न सक्ने बताइएको छ । हिउँदको समयमा विराटनगर विमानस्थलबाट साँझ ढिलोसम्म उडान हुने गरेको छ ।

नियमित उडान गर्दै आएका विमान कम्पनीहरुले बिहीबारदेखि नै शनिबारका लागि टिकट बिक्री खुला गरिसकेका थिए । विराटनगर विमानस्थलमा बुद्ध एयरले दैनिक नौं, यति एयरले पाँच, सौर्य एयसरले चार, श्री एयरले चार र गुण एयरले एउटा उडान गर्दै आएका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu