Connect with us
Kapilvast Forest

प्रेस सेन्टर कपिलवस्तुको अध्यक्षमा बेल्बासे , २१ सदस्यीय कार्य समिति चयन

२०७८, ६ कार्तिक शनिबारमा प्रकाशित

कपिलवस्तु –प्रेस सेन्टर नेपाल कपिलवस्तुको ५ औ अधिवेशनबाट अर्जुन बेल्बासको नेतृत्वमा २१ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित भएको छ ।कपिलवस्तु नगरपालिकाको सभाहलमा भएको अधिवेशसनबाट बेल्बासेको अध्यक्षतामा २१ सदस्य रहेको कार्य समिति निर्वाचित भएको हो । खुल्ला उपाध्यक्षमा भुपाल थापा , समावेशी उपाध्यक्षमा कल्याणी खनेल , सचिवमा माधव बेल्बासे , सह सचिव खुल्ला रमेश गैरे र समावेशी सह सचिव शैलन्द्र श्रीमाल , कोषाध्यक्ष हरि घिमीरे लगायत २१ सदस्यीय कार्य समिति निर्वाचित भएको निर्वाचन संयोजक डिलाराम भुषालले जानकारी दिनु भयो ।

 

अधिवेशनबाट संघको प्रतिनिधिमा चिन्ता परियार , राजेश चौधरी , मनिष गुप्ता र जुमना तेली निर्वाचित भएका छन । साथै अधिवेशनलेस्वेता गीरी , शैलेन्द्र श्रेष्ठ , दिपक भण्डारी लगायत १० जना पत्रकारलाई प्रदेश प्रतिनिधिमा निर्वाचित गरेको छ ।  प्रेस सेन्टर लुम्बिनी प्रदेश समिति संयोजक एवं कार्यक्रमका प्रमुख अतिथी मानसिंह विकले शुभकामना पार्टि र संगठनको हितमा काम गर्न सुझाव सहित निवाचित सबैमा शुभकामना दिनु भयो ।

 

कार्यक्रममा पार्टि जिल्ला संयोजक विष्णु शाह , पत्रकार विभाग ईन्चार्ज सरोज खनाल , प्रेस सेन्टर जिल्ला ईन्चार्ज डिलाराम भुषाल , केन्द्रिय सदस्य मनिष कार्की र राष्टिय दलित पत्रकार संघ अध्यक्ष चिन्ता परियारको उपस्थिती रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu