Connect with us
Kapilvast Forest

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कपिलवस्तुमा पुनः पाण्डे

२०७८, ६ कार्तिक शनिबारमा प्रकाशित

 

कपिलवस्तु-एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कपिलवस्तुको अध्यक्षमा पुनः लालचन्द पाण्डे चयन हुनुभएको छ । आज तौलेश्वर मावि तौलिहवामा भएको प्रथम परिषदले पाण्डेलाई निर्विरोध चयन गरेको हो ।जसको उपाध्यक्षमा नरेन्द्र उपाध्याय,सन्तोष केसी,सचिव नन्दलाल खनाल,सह सचिव चन्द्र प्रकाश पाण्डे,कोषाध्यक्ष चिरञ्जीवी घिमिरे सह कोषाध्यक्ष प्रभु यादव सहित २५ सदस्य जिल्ला समन्वय समिति चयन भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष शङ्कर अधिकारीले शिक्षकहरूका समस्याहरू समाधान गर्न तथा आवाज उठाउन सङ्गठनमा सबै एकजुट हुनुपर्ने बताउनुभयो । कपिलवस्तुले कुशल नेतृत्व पाएकोले सङ्गठन मजबुत बनाउन तथा सबै शिक्षकहरूलाई एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन आबद्ध गराउन सुझाव दिनुभयो ।

कतिपय विद्यालयहरूमा शिक्षकहरूको दरबन्दी मिलान तथा अन्य धेरै समस्याहरू देखा परेकोले समाधानको लागि सङ्गठनले निरन्तर परामर्श गरिरहेको बताउनुभयो । कार्यक्रममा नेकपा माओवादीका प्रदेश कमिटी सचिवालय सदस्य रुद्र बन्जाडेले नयाँ कमिटीलाई शुभकामना दिनुभयो । समाजको वैदिक वर्गको रूपमा शिक्षक रहने भएकोले शिक्षकहरूका समस्यालाई सरकारले समाधान गर्नुपर्ने बताउनुभयो । परिषदमा जिल्लाका दुई सय बढी शिक्षकहरूको सहभागिता रहेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu