Connect with us
Kapilvast Forest

फेसबुक कम्पनीकाे नाम परिवर्तन

२०७८, १२ कार्तिक शुक्रबारमा प्रकाशित

एजेन्सी-सामाजिक सञ्जाल फेसबुक कम्पनीको नाम परिवर्तन भएको छ। फेसबुकले कम्पनीको नाम ‘मेटा’ राखेको हो । बिहीबार फेसबुक कम्पनीले आफ्नो नाम मेटा राखेको घोषणा गरेको हो । अब दुनियाँलाई ‘मेटाभर्स’ मा थ्रीडीमार्फत् जोड्ने फेसबुकले जनाएको छ।

आफ्नो पेजमार्फत् सन्देश जारी गर्दै फेसबुकले ‘सामाजिक सञ्जालको नयाँ अध्यायमा स्वागत’ गरेको छ। फेसबुकले नाम परिवर्तन गरे पनि ‘फेसबुक’, ‘इन्स्टाग्राम’, ‘मेसेन्जर’ र ‘ह्वाट्एप’ एपका नाम भने परिवर्तन नगरेको जनाएको छ। फेसबुकलाई विश्वको सबभन्दा ठूलो सामाजिक सञ्जाल मानिन्छ। यसका करिब ३ अर्ब मासिक सक्रिय प्रयोगकर्ता रहेको जनाइएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu