Connect with us
Kapilvast Forest

आज प्रधानमन्त्री देउवा २० सदस्यीय टोलीसहित बेलायत जाँदै

२०७८, १२ कार्तिक शुक्रबारमा प्रकाशित

 काठमाडौं – जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको २६ औँ सम्मेलन कोप-२६ मा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डल बिहान पौने ११ बजे बेलायत जाँदै छ ।  प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलगायत सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन् ।

कोप–२६ पर्सिदेखि आउँदो २६  गतेसम्म ग्लास्गोमा हुँदैछ । नेपालले जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २६ औँ सम्मेलनलाई जलवायु परिवर्तनका चुनौतीहरु सामना गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्यका लागि एक महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ ।

विगतदेखि नै जलवायु परिवर्तनका मुद्दामा नेपालले विशेषतः अल्प विकसित देशहरु सँगसँगै रही वार्ताको समयमा राष्ट्रिय हित संरक्षण र प्रवर्द्धनका लागि विभिन्न विषयहरु उठाउँदै आएको छ । यसपटक पनि नेपालले, नेपालको पर्वतीय क्षेत्र, यहाँको जनजीविकामा जलवायु परिवर्तनको असर,  हानि र नोक्सानीलाई अनुकूलन भन्दा थप अलग्गै कार्यक्रमहरुबाट सम्बोधन गर्नुपर्ने सवाल तथा सुदृढ र दिगो वित्तीय व्यवस्था सुनिश्चित गर्न विश्व समुदायको ध्यानाकर्षण गराउने वन मन्त्रालयले जनाएको छ ।

बेलायत भ्रमणका क्रममा देउवाले भोलि नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा गर्न लागेको स्वागत कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवा त्यहाँ रहँदा उहाँसँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिले भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै, पर्सि लण्डनमा नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा उहाँ सहभागी हुने कार्यक्रम छ।

उहाँले भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधि, बेलायती संसद्का सदस्य र अन्य नेपाली प्रवासी सदस्यसँग भेटघाट गर्नु हुनेछ । त्यसपछि आउँदो सोमवार प्रधानमन्त्री देउवा कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुनु हुनेछ । उहाँले वर्ल्ड लिडर समिटमा नेपालकोतर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। त्यही दिन उहाँ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सहभागी राष्ट्र र सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मङ्गलवार बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र स्कटल्यान्डका प्रथम मन्त्रीले सीमित राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका लागि आयोजना गर्ने ब्रेकफास्ट रिसेप्सनमा पनि प्रधानमन्त्री देउवा सहभागी हुने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले नोभेम्बर ३ तारिख अर्थात आउँदो बुधवार स्कटल्यान्डको इडिनबर्गमा रहेको रोयल बोटानिक गार्डेनको भ्रमण गरी सम्बोधन गर्नुहुनेछ । । उहाँ आउँदो बिहीवार स्वदेश फर्किने कार्यक्रम छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu