Connect with us
Kapilvast Forest

तिहारले स्नेह गाढा बनाउँछ:राष्ट्रपति भण्डारी

२०७८, १८ कार्तिक बिहीबारमा प्रकाशित

bidya_bhandari_presedent_nepal

 

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने बताउनुभएको छ ।
तिहारको शुभकामना दिँदै राष्ट्रपतिले भन्नुभएको छ, “तिहार पर्वले दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउँदछ ।”

उहाँले नेपालीको महान् चाड तिहार, २०७८ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले तिहारको अवसरमा देउसीभैलो खेल्ने संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पु-याउने बताउनुभएको छ ।
उहाँले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु-याउने विश्वास व्यक्त गर्नुभएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu