Connect with us
Kapilvast Forest

दिल्लीमा हावाको गुणस्तर खतराको तहभन्दा माथि

२०७८, १९ कार्तिक शुक्रबारमा प्रकाशित

 

एजेन्सी – भारतको राजधानी नयाँ दिल्लीको हावाको गुणस्तर खतराको तहभन्दा माथि पुगेको छ ।शुक्रबार बिहान ६ बजे त्यहाँको हावाको गुणस्तर ६ सय ५५ पुगेको स्वीट्जरल्याण्डस्थित हावाको गुणस्तर मापन गर्ने वेबसाइट आईक्यूएयरले जनाएको छ ।

समग्र दिल्लीको हावाको गुणस्तर साढे ६ सयको हाराहारीमा रहे पनि दिल्लीभित्रका केही स्थानको हावाको गुणस्तर १४ सयभन्दा बढी पुगेको छ ।नेहरु नगर, जवारलाल नेहरु स्टेडियम, ओक्ला फेज लगायतका स्थानमा एक्यूआई १ हजारभन्दा माथि पुगेको छ ।

एक्यूआई ५ सय भन्दा माति पुगेपछि घातक मानिन्छ । यस्तो हावामा निस्कनु खतरानाक मानिन्छ ।दिल्ली सरकारले पटाका पड्काउन पूर्ण प्रतिबन्ध लगाए पनि अधिकांश स्थानमा रातभर पटाका पड्काएको आवाज सुनिएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।त्यहाँ पटाका पट्काउन रोक्नका लागि भन्दै ‘पटाका होइन दियो जलाऔं’ नामक अभियानसमेत सञ्चालन गरिएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu