Connect with us
Kapilvast Forest

दीपावलीमा दिल्लीमा प्रदूषण झन् बढ्यो, बालबालिका बढी प्रभावित

२०७८, २१ कार्तिक आईतवारमा प्रकाशित

एजेन्सी – भारतको राजधानी दिल्लीमा बढ्दै गएको प्रदूषणले बालबालिका बढी प्रभावित भएका छन् ।

प्रदूषणका कारण बालबालिकालाई दीर्घकालीन असर पर्ने भन्दै विज्ञ तथा बालबालिकाको क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले चिन्ता व्यक्त गरेका छन् । विशेष गरेर बालबालिकामा श्वासप्रश्वाससँगै मानसिक समस्या पनि देखिन सक्ने डाक्टरले बताएका छन् ।

साथै, आँखा पिरो हुने र घाँटी चिलाउने असर अहिले देखिएको र त्यस्ता बिरामी आउने गरेको सर गङ्गाराम अस्पतालका डाक्टर धिरेन गुप्ताले जानकारी दिनुभयो ।

वायु प्रदूषणको असर बालबालिकामा अहिलेभन्दा पछि बढी देखिने हुँदा प्रदूषणले दूरगामी असर पार्ने उहाँको भनाई छ । नयाँ दिल्लीमा दीपावलीका पटाकाका कारण शुक्रबारदेखि वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ ।

यसका साथै सवारीसाधन, औद्योगिक उत्सर्जन, धुलो र मौसमका कारण पछिल्ला केही वर्षदेखि नयाँ दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानीका रूपमा चिनिँदै आएको छ । हिउँदमा छिमेकी राज्यमा जलाइएका परालको धुवाँका कारण पनि दिल्लीको वायु विषाक्त बन्ने गरेको छ ।

दिल्ली मात्र नभई भारतका अरू सहर पनि अति प्रदूषित सहरमा पर्छन् । संसारका सबैभन्दा धेरै प्रदूषित ३० सहरमध्ये २२ वटा सहर भारतमै रहेका छन् । भारतमा प्रदूषित वायुका कारण बर्सेनि १० लाख मानिसले ज्यान गुमाउने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu