Connect with us
Kapilvast Forest

तालिवानद्वारा चिकित्सकको हत्या

२०७८, १३ मंसिर सोमबारमा प्रकाशित

Afghanistan-Taliban-war

एजेन्सी-तालिवान लडाकुले एक युवा चिकित्सकको हत्या गरेको खुलासा भएको छ। अफगानिस्तानको हेरात प्रान्तस्थित चेकपोष्टमा नरोकिएको आरोपमा तालिवानले ३३ वर्षीय चिकित्सकको हत्या गरेको खुलेको हो।

स्थानीय मिडिया खामा प्रेसका अनुसार तालिवान लडाकुले हेरात शहरस्थित प्रहरी चेकपोष्टमा नरोकिएको भन्दै ३३ वर्षीय चिकित्सक अमरुद्धिन नुरीको हत्या गरेको छ।

सो क्षेत्रमा तालिवानले आफ्नो मनोमानी गर्दै आएको पीडित पक्षको दाबी छ। नुरीले सानो मेडिकल क्लिनिक सञ्चालन गरिरहेको बताइएको छ। अगष्ट १५ मा तालिवानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको थियो। काबुल कब्जापछि तालिवानले त्यहाँको सरकारको नेतृत्व गर्दै आएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu