Connect with us
Kapilvast Forest

लिग चलिरहँदा रेफ्री र एन्फाबीच किचलो

२०७८, १७ मंसिर शुक्रबारमा प्रकाशित

सहिद स्मारक ए डिभिजन लिग चलिरहदा अखिल नेपाल फुटबल संघ (एन्फा) र लिग खेलाइरहेका रेफ्रीबीच विवाद भएको छ।

लिगकै दौरान ‘फिटनेस टेस्ट’ गर्न एन्फाले रेफ्रीहरूलाई भनेपछि विवाद सुरू भएको थियो। रेफ्रीहरूले फिटनेस टेस्टका लागि आफूहरू तयार भएको तर त्यसका लगि तयारी गर्न समय दिनु पर्ने माग राखेका थिए। तर एन्फाले तत्काल फिटनेस गर्न भनेपछि रेफ्रीहरू आक्रोसिस बनेका थिए।

फिटनेस टेस्टको विषयमा कुरा गर्न एन्फा पुगेका रेफ्रीहरूले बिहीबार संयुक्त राजीनामा दिएका थिएका थिए।

राजीनामा पत्रमा उनीहरूले कारण खुलाएका थिएनन्। राजनीमा पत्रमा भनिएको छ, ‘हामी फिफा रेफ्रीहरू तथा फिफा सहायक रेफ्रीहरू संयुक्त रूपमा राजीनामा दिने तथा हामीले चलिरहेको ए डिभिजन लिगमा सहभागी नहुने जानकारी गराउँदछौ।’

संयुक्त राजीनामा पत्रमा फिफा रेफ्री नविन्द्र महर्जनसहित १० जनाको जसमा ८ जनाले हस्ताक्षर गरेका थिए। हस्ताक्षर गर्नेमा महर्जनसहित फिफा रेफ्रीहरू प्रकाशनाथ श्रेष्ठ र प्रज्वल क्षेत्री थिए। यस्तै सहायक रेफ्रीहरू नानीराम थापामगर, माधव खत्री, सहदेव श्रेष्ठ, विक्रम चौधरी र किसन यादव थिए। कविन व्यन्जनकार र युनाल मल्लको भने हस्ताक्षर थिएन।

लगत्तै १० जना राष्ट्रिय रेफ्रीले पनि राजनीनामा घोषणा गरेका थिए। राष्ट्रिय रेफ्रीहरूले फिफा रेफ्री र सहायक रेफ्रीले दिएको राजीनामा समर्थन गर्दै राजीनामा दिएको उल्लेख गरेका थिए।

राजीनामा दिएका एक रेफ्रीले एन्फाले लिगका दौरान फिटनेस टेस्ट गर्न दबाब दिएको र कुरा गर्न जाँदा अभद्र रुपमा प्रस्तुत भएको आरोप लगाएका छन्। तर यो आरोपको एन्फा नेतृत्वले खण्डन गरिसकेको छ।

रेफ्रीले संयुक्त राजनीमा पत्र बुझाएपछि एन्फाले बिहीबार साँझ नै रेफ्रीहरूसँग छलफल थियो। छलफलमा दौरान एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले गल्ती भएको स्वीकार गरेको एक रेफ्रीले बताए। साथै पुन: छलफल गरेर समस्या समाधान गर्ने सहमति भएको उनको भनाइ छ। सहमति भएसँगै रेफ्रीहरू राजीनामाबाट तत्काल पछि हटेका छन्।

यससँगै रेफ्रीका कारण प्रभावित हुने आँकलन गरिएको ए डिभिजन लिग पूर्वनिर्धारित कार्यक्रमअनुसार संचलान हुनेछ।

लिगमा शुक्रबारदेखि तेस्रो चरणका खेल हुँदैछन्। शुक्रबार दिउँसो १ बजे फ्रेण्ड्स क्लब र थ्रीस्टार क्लब तथा साँझ पौने पाँच बजे सातदोबाटो र एपिएफ क्लबबीच खेल हुँदैछ।
-सेतोपाटीबाट

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu