Connect with us
Kapilvast Forest

देशकै अग्रणी पार्टी बनाउँछु:कमल थापा

२०७८, १७ मंसिर शुक्रबारमा प्रकाशित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा कमल थापाले उम्मेदवारी दर्ता गराउनु भको छ । उम्मेदवारी दर्ता पछि थापाले राप्रपालाई बलियो पार्टी बनाउने दावी गर्नु भएको छ । उहाँले राष्ट्रियताको रक्षा र भ्रष्टाचारमुक्त नेपाल निर्माणमा सशक्त भूमिका निर्वाह गर्छु। पार्टीलाई फुटबाट जोगाउँछु।

उहाँले पार्टीमा युवालाई प्राथमिकता दिने बताउनु भयो । आजसम्म हामी तीन अध्यक्ष छौं। मन, वचन र कर्मले प्रतिबद्धता गरेका छौं । टुटफुटको शृङ्खला अन्त्य गर्छौं । पार्टीमा युवालाई प्राथमिकता दिन्छौं।
राप्रपाको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता जारी छ। अहिलेसम्म अध्यक्ष पदमा थापा, लिङ्देनले उम्मेद्वारी दर्ता गराउनु भएको छ। महामन्त्रीमा रेखा थापा र धवलशमशेर राणाले पनि उम्मेदवारी दर्ता गराइसक्नु भएको छ ।

यसैगरी उपाध्यक्षमा बुद्धिमान तामाङले उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँले थापा प्यानलबाट उम्मेदवारी दर्ता गराउहाँ। राप्रपामा ४ उपाध्यक्ष र ३ महामन्त्री निर्वाचनबाट चयन हुनेछन् भने अरू १ सय ४१ केन्द्रीय सदस्य पनि निर्वाचनबाटै आउनेछन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu