Connect with us
Kapilvast Forest

सौताको १० वर्षीय छोरालाई विष खुवाएर हत्या

२०७८, १७ मंसिर शुक्रबारमा प्रकाशित

 

काठमाडौं -आफ्नै सौताका १० वर्षीय छोरालाई विष खुवाएर हत्या गरेको आरोपमा एक महिलालाई कैलाली प्रहरीले भारतको हरियाणाबाट पक्राउ गरेको छ ।

बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका(२ घर भई हाल कैलाली धनगढी उपमहानगरपालिका(२ मालिका टोलस्थित रोहिणीप्रसाद जोशीको घरमा डेरा गरी बस्ने ३५ वर्षीया मागी रोकायालाई पक्राउ गरेको हो । रोकायाले आफ्नी सौता निर्मला थापामगरका छोरा निशान्त थापामगरलाई विषादी खुवाई हत्या गरेको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका(२ स्थित हिमालय एकेडमीमा कक्षा ३ मा पढ्ने निशान्तलाई उनले मंसिर २ गते विष खुवाई आफ्ना २ बच्चासहित सम्पर्कविहीन बनेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार मागीका श्रीमान बहादुर रोकायाले मंसिर २ गते भारतबाट आफन्तलाई फोन गरी मागी रोकाया सम्पर्कविहीन भएकोले बुझ्नलाई डेरा गरी बस्ने कोठामा पठाएका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu