Connect with us
Kapilvast Forest

शिवराज २मा पनि मनाइयो अपाङ्गता दिवस

२०७८, १७ मंसिर शुक्रबारमा प्रकाशित

सीता बेल्बासे,कपिलवस्तु –अपाङ्गता दिवसको अवसरमा शिवराज २मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिको ३० औँ अन्तर्राष्ट्रिय दिवस अवसर पारेर शुक्रबार शिवराज २मा अन्तरक्रिया कार्यक्रम भएको हो ’समावेशी, सुलभ र दिगो, कोभिड–१९ पछिको विश्वतर्फ अपाङ्गता भएका व्यक्तिको नेतृत्व र सहभागिता’ भन्ने नारासहित विश्वभर यो दिवस आज मनाइएको हो ।

नेपालमा भने ‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाएको छ । यसै अवसरमा वडा स्तरिय अपाङ्गता सञ्जालको आयोजनामा शिवराज २को वडा कार्यालयको समन्वय स्ट्रोम फाउण्डेसनको सहयोमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रमलाइ सम्बोधन गदै शिवराज नगरपालिका उपप्रमुख शिव कुमारी थारुले अपाङ्गता भएकाहरुले भोग्नु परेको समस्यामाथि छलफलसँगै चुनौतीको समाधान निकाल्न, अपाङ्गता सम्बन्धी जागरण फैलाउन र अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने सबैले पहल गर्नु पर्न बताउदै नगरले प्रतेक वर्ष पनि बिभिन्न माध्यमबाट अपाङ्गतालागि कार्यक्रम गर्दै आएको र यो वर्ष पनि सायक सामाग्री र मागमा आधारीत कार्यक्रम भएको बताउनु भयो ।

यस्तै शिवरान वडा न २का वडा अध्यक्ष राम बहादुर चौधरीले अपाङ्गता भएका व्यक्ति पनि सपाङ्ग सरह बाच्न पाउनु अधिकार भएको हुदा अपाङ्गतालाई माया ममता हौसला दिनु पर्न बताउनु भयो । साथै अध्यक्ष चौधरीले आफनो घरपरिवार बाटै अपहेलित गर्न खालका क्रियाकलाप नगर्न आग्रह गर्नु भयो ।वडाबाट हुने सहयोग सधै गदै आएको बताउदै आगमि दिनमा पनि सहयोग गर्न बताउनु भयो ।

अपाङ्गता अधिकारकर्मी दिपक खड्काले नेपालमा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या कति छ भन्ने यकिन तथ्याङ्क नभएपनि महासङ्घका अनुसार २०६८ सालको जनगणना अनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको १.९४ प्रतिशत भएको बताउदै अपाङ्गता भएका व्यक्तिको अधिकार र उनिहरुले पाउनु पर्न सेवा सुविधा सहज रुपमा कसरी पाउन सकिन्छ ।

भन्ने कुरामा सबैले सहयो गर्नु पर्न बताउनु भयो । किर्डाक नेपालले पनि शिवराजमा अपाङ्गता भएका व्यक्तिको लागि काम गदै आएको बताउदै आगमि दिनमा पनि कामगर्न किर्डाक नेपाल संस्थाका सामुदायिक बिकास अधिकृत बिनोद केवटले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu