Connect with us
Kapilvast Forest

कांग्रेस कर्णालीको सभापतिमा तीन जनाको उम्मेदवारी दर्ता

२०७८, १७ मंसिर शुक्रबारमा प्रकाशित

सुर्खेत- नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत कर्णाली प्रदेशको सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ ।पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता विमलेन्द्र निधि पक्षबाट एक एक जना गरी तीन जनाले प्रदेश सभापतिमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

देउवा पक्षबाट ललितजंग शाही, पौडेल पक्षबाट भूपेन्द्रजंग शाही र निधि पक्षबाट मोतीराज बमले प्रदेश सभापतिमा मनोनयन दर्ता गराउनु भएको छ । ललितजंग जुम्लाका हुन् भने भूपेन्द्र र मोतीराज कालीकोटका हुन् ।

यसअघि नेपाली कांग्रेस कर्णाली प्रदेश समितिको सभापतिमा लागि ललितजंग शाही र भूपेन्द्रजंग शाहीबीच प्रतिस्पर्धा हुने बताइएको थियो । तर, शुक्रबार एकाएक निधि पक्षबाट पनि मोतीराजले उम्मेदवारी दिनु भएको हो ।

यस्तै, प्रदेशको उपसभापतिमा देउवा पक्षबाट कालीकोटका कालीबहादुर सहकारी र जाजरकोटका सनतकुमारी कार्कीले उम्मेदवारी दर्ता गराउनु भएको छ भने पौडेल पक्षबाट देबेन्द्रबहादुर शाही र तिलकबहादुर भण्डारीले उम्मेदवारी दिनु भएको छ ।

महामन्त्री पदमा देउवा पक्षबाट निरञ्जन केसी र कृष्णकुमार रोकायाले उम्मेदवारी दर्ता गराउनु भएकोछ पौडेल पक्षबाट कृष्णबहादुर वीसी र खगेन्द्रबहादुरले मल्ल उम्मेदवारी दिनु भएको छ । महामन्त्रीमा गोविन्दबहादुर कोइरालाले स्वतन्त्र उम्मेदवारी दिनु भएको छ ।

सहमहामन्त्रीमा देउवा पक्षबाट उपेन्द्रबहादुर थापा, एकराज डाँगी र रामछाँयाकुमारी शाहीले उम्मेदवारी दिनु भएको छ ।पौडेल पक्षबाट नेत्रलाल पौडेल, जयनन्द उपाध्याय र देविकाकुमारी सिंहले उम्मेवदारी दर्ता गराउनु भएको हो ।नेता निधि पक्षले सभापति र जिल्लाबाट चयन हुने प्रदेश सदस्य पदमा उम्मेदवारी दिएको सभापतिका उम्मेदवार बमले बताउनु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu