Connect with us
Kapilvast Forest

गुगल क्रोम प्रयोग नगर्न माइक्रोसफ्टको अनुरोध

२०७८, २२ मंसिर बुधबारमा प्रकाशित

 

माइक्रोसफ्टले आफ्ना करोडौँ विन्डोज कम्प्युटर प्रयोगकर्ताहरुलाई गुगल क्रोम ब्राउजर प्रयोग नगर्न आग्रह गरेको छ ।

माइक्रोसफ्टले आफ्ना प्रयोगकर्तालाई क्रोम प्रयोग नगर्न दबाब दिँदै विन्डोज प्रयोगकर्तालाई पप अपको रुपमा सन्देश पठाउने गरेको छ ।

 

एजेन्सी-माइक्रोसफ्टले आफ्नो विन्डोज प्रयोगकर्तालाई सन्देश पठाउने गरेको छ जसमा उसले गुगल क्रोमको साटो विन्डोजमा हुने डिफल्ट ब्राउजर माइक्रोसफ्ट एज प्रयोग गरेर पैसा र समयको बचत गर्न अनुरोध गरिरहेको छ ।

कतिपय सन्देशमा लेखिएको छ : त्यो ब्राउजर त २००८ तिरको हो । अहिले नयाँ कुन छ, तपाईंलाई थाहा छ ? माइक्रोसफ्ट एज हो नयाँ ।

साथै माइक्रोसफ्टले क्रोम प्रयोगकर्तालाई उक्त ब्राउजर खोल्ने बित्तिकै माइक्रोसफ्टको एज ब्राउजर डाउनलोड गरिहाल्न अनुरो सहितको अलर्ट देखाउने गरेको छ । उसका अनुसार माइक्रोसफ्ट एज को प्रविधि एउटै भए पनि त्यसमा थप कुरा भनेको माइक्रोसफ्टमाथिको विश्वास छ ।

तर माइक्रोसफ्टको यस्तो दबाबपूर्ण रणनीतिलाई कतिपय विन्डोज प्रयोगकर्ताले मन पराएका छैनन् र ट्वीटरमा माइक्रोसफ्टको आलोचना गरिरहेका छन् ।

इन्टरनेट ब्राउजरमा माइक्रोसफ्ट एज बढी आधुनिक र सुरक्षित ठानिए पनि हाल विश्वमा इन्टरनेट ब्राउजरको बजारमा गुगल क्रोमको एकछत्र राज छ । इन्टरनेट ब्राउजरको बजारमा गुगल क्रोमले झण्डै ६८ प्रतिशत हिस्सा ओगट्दा माइक्रोसफ्ट एजको बजार हिस्सा जम्मा करीब ८ प्रतिशत छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu