Connect with us
Kapilvast Forest

दिल्लीमा थप ४ जनामा ओमिक्रोन संक्रमण पुष्टि : संक्रमितको संख्या ४५ पुग्यो

२०७८, २८ मंसिर मंगलवारमा प्रकाशित

काठमाडौं-भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‌ओमिक्रोनको संक्रमण थप चारजनामा देखिएको छ। यो सहित दिल्लीमा संक्रमित हुनेको संख्या ६ पुगेकोको त्यहाँका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले पुष्टि गरेका छन्। उनका अनुसार संक्रमितमध्ये एकजना भने डिस्चार्ज भइसकेका छन्।

३५ जना संक्रमित र ३ जना शंकास्पद व्यक्ति अस्पताल भर्ना भएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन्। उनीहरु त्यहाँको एलएनजेपी अस्पतालमा भर्ना भएका छन्। हालसम्म भारतमा ४५ जनामा ‌ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ।

सोमबार मात्र महाराष्ट्रमा २ र गुजरातमा १ जना गरी तीनजनामा संक्रमण देखिएको थियो।ओमिक्रोनबाट महाराष्ट्रमा २०,राजस्थानमा ९,कर्नाटमा ३,गुजरातमा ४, केरलामा १, आन्ध्र प्रदेशमा १ र दिल्लीमा ६ जनामा संक्रमण पुष्टि भएको हो।

भारतमा सबैभन्दा पहिला बैंगलोरमा नयाँ भेरियन्ट ओमिक्रोन देखिएको थियो। भारतीय मूलका दक्षिण अफ्रिकी नागरिक र एक चिकित्सकसहित दुईजनामा यसको संक्रमण देखिएको थियो।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu