Connect with us
Kapilvast Forest

उत्तर कोरियामा हाँस्न र रून प्रतिबन्ध

२०७८, ६ पुष मंगलवारमा प्रकाशित

एजेन्सी -उत्तर कोरियाले आफ्ना जनतालाई हाँस्न प्रतिबन्ध लगाएको छ। पूर्वसर्वोच्च नेता किम जो इलको दशौँ स्मृति दिवसका अवसरमा उत्तर कोरियाले ११ दिन शोक मनाउने भएको हो।

इल वर्तमान सर्वोच्च नेता किम जो उनका पिता हुन्। सन् २०११ डिसेम्बर १७ मा इलको हृदयघातका कारण ७० वर्षको उमेरमा निधन भएको थियो।आफ्ना पिताको निधन भएको दशौँ स्मृति दिवसको उपलक्षमा नेता उनले ११ दिन देशभरि शोक मनाउने निर्णय गरेका हुन्। उक्त अवधिमा हाँस्न मात्र नभएर मनोरञ्जनका कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ।

इलको निधन भएको दिन १७ डिसेम्बरमा खाद्यदेखि कुनै पनि वस्तु किनमेल गर्न प्रतिबन्ध लगाइएको थियो। त्योबाहेक यो ११ दिनमा मदिरा पिउन, जन्मदिन मनाउन पनि प्रतिबन्ध लगाइएको छ। इलको शोकमा बाधा पुग्ने भन्दै उक्त अवधिमा कसैको मृत्यु भएमा अन्तिम संस्कार गर्न तथा जोडले रुन पनि प्रतिबन्ध लगाइएको छ।

बाहिरी दुनियाँबाट अलग रहेको उत्तर कोरिया सबैभन्दा धेरै प्रतिबन्धको लागि पनि चिनिने गर्छ। उत्तर कोरियाका संस्थापक तथा पूर्वराष्ट्रपति किमका छोरा इलले सन् १९९७ अप्रिल ९ देखि राष्ट्र प्रमुख भएर काम गरेका थिए। सन २०११ मा इलको निधन भएपछि उनका छोरा उन राष्ट्र प्रमुखको कार्यभार सम्हाल्दै आएका छन्।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu