Connect with us
Kapilvast Forest

युगाण्डामा दुई वर्षपछि विद्यालय खुल्ला

२०७८, २७ पुष मंगलवारमा प्रकाशित

school

एजेन्सी -युगाण्डामा सोमबारदेखि विद्यार्थीहरूले विद्यालयमै उपस्थित भएर अध्ययन गर्न थालेका छन् । विश्वमै सबैभन्दा लामो समयसम्म विद्यालय बन्द भएर सोमबारदेखि भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको हो ।

युगाण्डामा कोरोनाभाइरसको महामारीका कारण झन्डै दुई वर्ष विद्यालय बन्द भएकोमा सोमबारदेखि खुल्ला भएको अधिकारीहरूले जनाएका छन् । युगाण्डामा सन् २०२० को मार्चदेखि ८३ हप्तासम्म विद्यालय बन्द भएको हो ।

विद्यालय खुल्ला भएपछि दशौँ लाख विद्यार्थीहरू खुशी भएर विद्यालय फर्किएका छन् । “विद्यालयमै उपस्थित भएर पढ्न पाउँदा मलाई धेरै खुशी लागेको छ, विगतमा विद्यालय बन्द हुँदा मैले विद्यालयमा उपस्थित भएर पढ्न पाएको थिएन भने मेरा साथी, शिक्षकशिक्षिका र मेरो पढाइ गुमाएको थिएँ,” १० वर्षीय विद्यार्थी नाविलाह सेन्कुगौले भन्नुभयो ।

विद्यालयमा उपस्थित भएका विद्यार्थी तथा शिक्षकशिक्षिकाले मुखमा मास्क लगाउनुका साथै पटकपटक हात धोएका थिए । विश्वका धेरै देशमा कोरोनाभाइरसको महामारी फेरि फैलिन थालेका बेला युगाण्डामा विद्यालय खुलेका हुन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu