Connect with us
Kapilvast Forest

सिटीसँग दुरी घटाउँदै लिभरपुल

२०७८, १० माघ सोमबारमा प्रकाशित

 

एजेन्सी-क्रिस्टल प्यालेसलाई हराउँदै लिभरपुलले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको दुरी ९ अङ्कमा झार्न सफल भएको छ । लिभरपुलले सिटीभन्दा एक खेल कम पनि खलेको छ ।

 

खेलको पहिलो हाफमा भर्जिल भान डाइक र एलेक्स ओक्सालेड च्याम्बरलिनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । दुवै गोलको अवसर रोबर्टसनले सिर्जना गरेका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै ओडसोने एडोवार्डले प्यालेसका लागि गोल फर्काए । खेलको अन्त्यतिर फाबिन्होले पेनाल्टीबाट गोल गर्दै लिभरपुलको जीत सुनिश्चित गरे ।

२२ खेलपछि लिभरपुलको ४८ अङ्क रहेको छ । २३ खेल खेलेको सिटी ५७ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । आइतबारका अन्य खेलमा चेल्सीले टोटनह्यामलाई हरायो भने आर्सनलले भने बर्नलीसँग गोलरहित बराबरी खेल्यो । लेस्टर सिटी पनि ब्राइटनसँग एक-एकको बराबरीमा रोकियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu