Connect with us
Kapilvast Forest

दूतावास कर्मचारीका परिवारलाई युक्रेन छोड्न अमेरिकाको निर्देशन

२०७८, १० माघ सोमबारमा प्रकाशित

 

एजेन्सी-अमेरिकाले युक्रेनस्थित रहेको आफ्नो दूतावासका कर्मचारीका परिवारलाई युक्रेन छोड्न निर्देशन दिएको छ। युक्रेनमा रुसी सेनाले आक्रमण गर्ने तयारी गरेको रिपोर्टलाई आधार मानेर अमेरिकाले यस्तो निर्देशन जारी गरेको हो।

त्यहाँ रहेका अमेरिकी नागरिकलाई पनि तत्काल देश छाड्न भनिएको छ ।तर, रुसले भने बारम्बार सैनिक हस्तक्षेपको विषयलाई नकार्दै आएको छ। अमेरिकाले युक्रेन र रुसको यात्रा नगर्न आफ्ना नागरिकलाई चेतावनी पनि दिएको छ। अमेरिकी नागरिकमाथि दुर्व्यवहार हुनसक्ने भएकाले उसले यात्रा नगर्न भनेको हो।

स्टेट डिपार्टमेन्टले जारी गरेको ट्राभल एड्भाइजरीमा रुसले युक्रेनमाथि सैन्य कारवाही गर्ने रिपोर्ट प्राप्त भएको उल्लेख गरिएको छ। त्यस्तो अवस्थामा अमेरिकाले आफ्ना नागरिकहरुलाई उद्दार गर्ने सम्भावना नहुनसक्ने समेत चेतावनी दिइएको छ।

अमेरिकी चेतावनीले युक्रेनको विषयमा थप कुटनीति क्षति बेहोर्नपर्ने अवस्था निम्तिन सक्ने पनि बताइएको छ। उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)ले पनि युरोपमा नयाँ द्वन्द्वको स्थिति रहेको जनाएको छ। रसियाले १ लाख सैनिक ट्रुप युक्रेन सीमामा तैनाथ गरेको आधारमा नाटोले यस्तो धारणा सार्वजनिक गरेको हो।-

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu