Connect with us
Kapilvast Forest

सबै भन्सार राजस्वको भुक्तानी अब विद्युतीय प्रणालीमार्फत

२०७८, ११ माघ मंगलवारमा प्रकाशित

 

 

काठमाडौं- भन्सार विन्दुमा अनलाइनबाट राजस्व भुक्तानीको पाइलट परियोजनाको परीक्षण सफल भएको छ । यससँगै भन्सारमा नगदरहित कारोबारको बाटो खुलेको भन्सार विभागले जनाएको छ ।

पुस एक गतेदेखि परीक्षणको रुपमा सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जबाट सुरु गरिएको अनलाइनमा आधारित भुक्तानी प्रणाली सफल भएको भन्सार विभागका निर्देशक एवम् सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए ।

 

सुख्खा बन्दरगाहको सफल परीक्षणसँगै देशभरका २४ थप भन्सार कार्यालयहरुबाट यो सेवा बुधबारदेखि सुरु गर्ने तयारी पनि अन्तिम चरणमा पुगेको भन्सार विभागले जनाएको छ ।

‘व्यापारीले भन्सार बिन्दुमा ल्याइपुर्‍याइएको माल वस्तुको सबै प्रकारको भुक्तानी अब घरबाटै गर्न सकिने भएको छ,’ खड्काले भने छ, ‘यसले भन्सारको कार्य सम्पादनमा चुस्तता आउने छ भने सेवाग्राहीको समय बचतसँगै सुरक्षाको पनि प्रत्यभूति हुनेछ ।’

राजस्व प्रयोजनका लागि भन्सार विन्दुसम्म बोकिने नगदका कारण आईपर्ने झमेला पनि अन्त्य गर्ने उनले बताए । गत आवमा विभागले आयातबाट मात्रै ४ खर्ब २० अर्ब ९७ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको थियो ।

यस्तो राजस्व चालु आवको ६ महिनामा २ खर्ब ५७ करोड ६० लाख रुपैयाँ हाराहारी छ । यस्तो सबै राजस्व संकलन अब अनलाइन प्रणालीमा आधारित हुने विभागले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu