Connect with us
Kapilvast Forest

महामारीले चिनियाँ नाकामा समस्या, स्थानीय व्यापारी चिन्तित 

२०७८, ११ माघ मंगलवारमा प्रकाशित

 

सिन्धुपाल्चोक- कोरोना महामारीले तातोपानी नाकाबाट हुने व्यापारमा समस्या भएको छ । चिनियाँ पक्षले महामारी र विपद् देखाएर एकतर्फी ढंगले नाका खोल्ने र बन्द गर्ने गर्दा व्यापारमा समस्या भएको हो । तातोपानी र केरुङ नाकामा समस्या देखिएपछि व्यवसायी व्यापारबाटै पलायन हुने क्रम बढेको छ । दुबै नाकामा विभिन्न बहानामा चीनले न्यून रुपमा मात्रै कारोबार गर्दे आएको छ ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठका अनुसार २०७२ सालको भूकम्पपछि चीनले दुबै नाकाबाट निर्यात गरेको छैन । ‘चीनले न्यून रुपमा एकतर्फी आयात मात्रै गरेको छ’, श्रेष्ठ भन्नुहुन्छ, ‘पूर्ण रुपमा नाका नखुल्दा राज्यलाई हरेक वर्ष अर्बाै घाटा भएको छ ।’

दैनिक सामाना आयातको अवस्था
तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतम नाकाबाट दैनिक केही सामान आयात भइरहेको बताउनुहुन्छ । गौतमका अनुसार तातोपानी नाकाबाट दैनिक सात टेलर रोल कपडा, मेसिनरी सामान र केही रेडिमेड सामान आइरहेको छ । औपचारिक रुपमा नाका बन्द भएको घोषणा नगरे पनि चिनियाँ पक्षले महामारी र विपद् देखाएर कन्टेनर नआएको उहाँको भनाइ छ ।

गत महिना चीनको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमा बसेको दुई देशका उच्च अधिकारीको बैठकले कन्टेनर आयातको विषयमा निर्णय गरेको थियो । बैठकमा तातोपानी र केरुङ नाकाबाट दैनिक २० कन्टेनर पठाउने निर्णय भए पनि उक्त निर्णय भने अझैसम्म कार्यान्वयन नभएको सीमापार वाणिज्य संघका अध्यक्ष श्रेष्ठले बताउनुहुन्छ ।

नाका अवरोधको शृङ्खला
गत पुस १६ गते चीनको खासा, न्यालाम क्षेत्रमा करिब सात फिट बाक्लो हिमपातका कारण चिनियाँ कन्टेनर उक्त क्षेत्रमा नै रोकिए । सो कारण नेपाली व्यापारीले ल्याएका सामान झण्डै दुई साता चिनियाँ क्षेत्रमा रोकिएका थिए । हिउँले सबै सामान काम नलाग्ने भए ।

२०७७ सालमा कोरोना भाइरस संक्रमण बढेपछि चीनले तातोपानी नाका पूर्ण रुपमा बन्द गरेको थियो । नेपालको तातोपानी र चीनको खासा, न्यालम लगायतका क्षेत्रमा संक्रमित भेटिएपछि दुई महिनाभन्दा बढी समय चीनले नाका बन्द गरेको थियो । नेपाली व्यापारीले आयात गर्न लागेका सयौं कन्टेनर त्यो समय चिनियाँ भूमिमै रोकिए । त्यसले व्यापारमा करोडौ घाटा भयो ।

२०७६ जेठमा तिब्बतको स्थानीय प्रशासन न्यालम कन्ट्रीले खासा क्षेत्रभन्दा ३५ किलोमिटरमाथि रहेको ‘क्यानोन कू’ ताल फुट्न लागेको भन्दै तीन महिनाभन्दा बढी समय चीनले नाका पूर्णरुपमा बन्द गरेको थियो । २०७२ सालको भूकम्पमा दुई देशबीचको मितेरी पुल क्षतिग्रस्त हुँदा व्यापार ठप्प भयो ।

२०७१ साल साउन १७ गतेको जुरे पहिरोलाई बाधक देखाउदैं चीनले एकतर्फी रुपमा तातोपानी नाकाबाट कारोबार बन्दा गर्दा नेपाली व्यापारीले करोडौं घाटा खेपे । २०७५ जेठ १५ गते नेपाल सरकार र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघ, व्यापारी, व्यवसायीको आग्रहमा चीनले तातोपानी नाका खुलाएको थियो । चीनले नाका खोले पनि पूर्णरुपमा सञ्चालन हुनसकेन ।

नाका खुलाउन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघले संयुक्त रुपमा प्रधानमन्त्री शेरबहादुर देउवा, पराराष्ट्रमन्त्री नारायण खड्कालाई ज्ञापनपत्र बुझाएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतले जानकारी दिनुभयो । सरकारले नाका खुला गर्न पटकपटक अनुरोध गरे पनि चीनले त्यसलाई बेवास्ता गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu