Connect with us
Kapilvast Forest

आहा रारा गोल्ड कप : आर्मी सेमिफाइनलमा

२०७८, ११ माघ मंगलवारमा प्रकाशित

काठमाडौँ- विभागीय टोली त्रिभुवन आर्मी क्लब २०औँ संस्करणको आहा रारा गोल्ड कप फुटबलको सेमिफाइनलमा प्रवेश गरको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा आर्मीले पाँच पटकको च्याम्पियन थ्रीस्टार क्लबलाई १–० गोलले हरायो ।

आर्मीको जितमा राजीव गुरुङले ७०औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । अतिरिक्त खेलाडीको रुपमा ६४औँ मिनेटमा टंक बस्नेतको स्थानमा मैदान प्रवेश गर्नुभएको राजीवले थ्रीस्टारको रक्षकको गल्तीमा गोल गर्नुभएको थियो ।

जतिवेला थ्रीस्टारका गोलरक्षक प्रिसो पोस्ट् छाड्दै अगाडि बढ्नुभएको थियो । आर्मीको जितसँगै सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा आर्मीले मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा एपिएफ र मच्छिन्द्रबीच भिडन्त हुनेछ ।

सहारा क्लकको आयोजनामा सञ्चालित प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपियाँ प्राप्त गर्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu