Connect with us
Kapilvast Forest

कपिलवस्तुमा स्थगित भएको कोरोना बिरुद्धको खोप अभियान पूनः सूचारु

२०७८, ११ माघ मंगलवारमा प्रकाशित

कपिलवस्तु -सिरिन्ज अभाव र स्वास्थयकमीत संक्रमित भएका कारण स्थगित भएको कोरोना बिरुद्धको अभियान मंगलवार प्नः सुचारु हुने भएको छ । गत माघ ८ गते देखि खोप अभियान चलाउने भनिए पछि खोप, सिरिन्ज र स्वास्थयकर्मीैको उपलब्ध नहुदा अभियान स्थगित गरिएको थियो ।

गत माघ ८ गते देखि स्थगित गरिएको कोभिड–१९ खोप अभियान यही माघ १२ गते देखि पुनः सुचारू हुने स्वास्थय कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताउनु भयो । पहिलो मात्रा कोभिसिल्ड वा अस्ट्राजेनिका वा भेरोसेल लगाएका सम्पूर्णले दोस्रो मात्रा खोप केन्द्रमा लगाउन उहाँले आग्रह गर्नु भयो । २०७८ असार मसान्त सम्म कोभिसिल्ड।अस्ट्राजेनिका वा भेरोसेल को दोस्रो मात्रा पुरा गरेका सम्पूर्णले थप मात्रा (बुष्टर) लागउन सक्ने उहाँले बताउनु भयो ।

यस्तै १२ वर्ष देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीहरुलाई मोर्डना खोपको दोस्रो मात्रा यही माघ १६ गते देखि लगाउने कार्यक्रम रहेको उहाँले बताउनु भयो । खोप सरकारी अस्पताल र जिल्लाका ९६ वटै वडामा रहेको स्वास्थ्य चौकीमा लगाउन सकिने छ । जिल्लामा कोभिशील्ड वा एक्ट्राजेनिका गरी १ लााख ६ हजार ७९३ जनाले लगाएको कोरोना फोकल पर्सन उमेशचन्द्र घिमिरेले बताउनु भयो । यस्तै दोश्रो डोज ६० हजार ७७२ जनाले भेरोसिल पहिलो डोज १ ला ५१ हजार ७७ जनाले र दोश्रो डोज १ लाख ३३ हजार ७५० जनाले लगाएका छन । यस्तै जोन्सन एन्ड जोन्सन ८३ हजार ५३९ तथा मोर्डना ७३ हजार ८१० जनाले लगाएका छन । यस्तै थप ८१७ जनाले समते खोप लगाएका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu