Connect with us
Kapilvast Forest

पाँच वटा निर्माण व्यवसायी कम्पनी कालो सूचीमा 

२०७८, १२ माघ बुधबारमा प्रकाशित

काठमाडौं- बोलपत्र अनुसार काम नगर्ने पाँच वटा निर्माण व्यवसायी र  आपूर्तिकता कालो सूचीमा परेका छन् । विभिन्न स्थानमा काम नगरेका कार्यालयहरुले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई उक्त कम्पनीहरुलाई कालो सूचीमा राख्न सिफारिस गरिएका छन ।

प्रहरी प्रधान कार्यालयको प्रबन्ध निर्देशनालयसहित चार निकायहरुले उनीहरुलाई कालो सूचीमा राख्न सिफारिस गरेका छन् । श्री कर्णाली विल्डर्सका सञ्चालक संञ्जयकुमार साह जनकपुरधाम, श्री तितुङ कन्स्ट्रक्सन प्रालिका सञ्चालक दावा सोनाम लामा, काठमाडौँ, श्री कुशलदेव निर्माण सेवाका सञ्चालक हसन अन्सारी, रसुवा, श्री एशियन मोर्डन जेभीका मुख्य व्यक्ति केशरबहादुर प्रधान, विराटनगर र मोर्डन सुज प्रालि टोखा रहेका छन् ।

अनुगमन कार्यालयल कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए ३० दिनभित्र कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्न माग गरे पनि हालसम्म स्पष्टीकरण पेस नगरेको जनाएको छ । कार्यालयले स्पष्टीकरण पेस गर्न थप सात दिनको समय दिएको छ ।

श्री कर्णाली विल्डर्स, जनकपुरधामले संघीय आयोजना कार्यालय इकाइ धनुषाको काम नगरेको सूचनामा उल्लेख गरिएको छ । त्यस्तै श्री तितुङ कन्स्ट्रक्सन प्रालि, काठमाडौंले नौकुण्ड गाउँपालिका, गाउँ कार्यापालिकाको कार्यालय रसुवा, श्री कुशलदेव निर्माण सेवा, रसुवाले नौकुण्ड गाउँपालिकका, गाउँपालिको कार्यालय रसुवाको भवन निर्माण गर्न नसकेको आरोप छ ।

त्यस्तै, श्री एशियन मोर्डन जेभी, विराटनगर र मोर्डन सुज प्रालि टोखाले प्रहरी प्रधान कार्यालय, प्रवन्ध निर्देशनालय नक्सालको भवन निर्माण गर्न नसकेको उनीहरुमा आरोप लागेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu