Connect with us
Kapilvast Forest

कृषिमा रमाएका अमिन

२०७८, १२ माघ बुधबारमा प्रकाशित

राम अवतार चाैधरी– घामकाे झुल्काे ननिस्कदैँ उठ्छन् । अनि चिया खाजासँगै खेतबारीमा व्यस्त हुन्छ आजभोलि अमिन माेहम्मद मुसलमानकाे दैनिकी । यस्तै कार्यमा दिनचर्या बित्दै उनकाे ३ बर्षे यात्रा चल्दैछ । बिहान र साझाकाे फुर्सतिलाे समय खेतीपातीमा हाेमिन्छन्, त्यसपछि दिउसो भेटनरी व्यापार गर्नमा बेस्ट देखिन्छन् उनी ।

प्रतिदिन प्रायः मुसलमानकाे परिवारले खेतबारीमा सघाउने गर्छन् । १५ कठ्ठा बढीमा आलु खेती गर्दै मनग्ये आम्दानी गर्दै आएका छन् । आलु खेती मात्रै नभएर उनी सिजन अनुसार खुर्सानी, ताेरी र गेँहुकाे समेत खेती गर्ने गर्छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका-११, भदाेखर निवासी ५२ बर्षिय मुसलमान विगत तीन बर्ष देखि व्यवसायिक खेतीपाती गर्दै आएका छन् । खेतीपाती सधैं गरेपनि परम्परागत तरिकाले गर्ने गरिन्थ्यो तर केही फरक गर्ने हेतुले व्यवसायिक खेतीमा लगाब दिने गर्छन् । कृषि पेशा गरेर नेपालमै केहि गर्न सकिन्छ भन्ने उदाहरण समेत मुसलमान परिवार बन्न पुगेका छन् ।

व्यवसायिक खेतीपातीमा सुरुकाे बर्ष ५ कठ्ठामा आलु खेती गरेर एक सिजनमा मात्र करिब १ लाखकाे आम्दानी गरेकाे मुसलमानले बताए । प्रत्येक सिजन अनुसार गेहुँ, आलु, चाइनिज ताेरी र खुर्सानी लगायत अन्न उत्पादन गरि बिक्री गरेर वार्षिक करिब ९ लाख बढी आम्दानी हुँदै आएकाे समेत उनले जनाए । तरकारी खेतीबाट मनग्ये आम्दानी गर्न सकिने बताउँदै पारिवारिक साथ, सहयोग राम्राे हुनुपर्ने बताए । घरमा बसी खाली समयकाे सदुपयोग हुनुका साथै राेजगारी र आम्दानी राम्रो पाटाे भएकाे मुसलमानले जानकारी दिए ।

एक सय ३० कठ्ठा आफ्नै जग्गामा विभिन्न खेती गरि घर प्रयाेग गरेर समेत आम्दानीको राम्रो स्राेत भएकाे उनले जिकिर गरे । मुसलमानले कृषिमा तरकारी खेतीमा कमाइ राम्रो हुने गरेकाे बताउँदै लगानी र मिहिनेत धेरै खर्चिनुपर्ने बाध्यता रहेकाे बताए । ठूला कृषकले प्राबिधिक मेशिनरी उपकरण प्रयाेग गर्न सक्छ तर साना किसानले प्रयाेग गर्दा बढी लगानी पर्न जान्छ ।

उनले भने ; “आलु उत्पादन गरि काेल्ड स्टाेर लमहीमा पठाउछु बजारमा रेट राम्राे पाएकाे बेला व्यापारीलाई बेच्छु”। आफूले तरकारी लगायतको अन्न उत्पादन गरेपनि अहिलेसम्म कहि कतैबाट सहयाेग नपाएकाे मुसलमानले गुनासो गरे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu