Connect with us
Kapilvast Forest

शितगंगाका जेष्ठ नागरिकहरुलाई कम्बल 

२०७८, १२ माघ बुधबारमा प्रकाशित

अर्घाखाँची – अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ ले जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ । वडा नम्बर १३ का ८० बर्ष माथीका १९ जना वृद्ध वृद्धाहरुलाई न्यानो कम्बल बितरण गरिएको वडा अध्यक्ष दुर्गा बिसीले जानकारी दिनु भयो ।

चिसो बढेसंगै जेष्ठ नागरिकहरु बढी प्रभावित हुने भएकोले वडामा रहेका जेष्ठ नागरिकमाकम्बल बितरण गरिएको बिसीले जानकारी दिनु भयो । वडा नम्बर १३ ले गत बर्ष समेत जेष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन गरि ८० बर्ष माथीका वृद्धवृद्धाहरुलाई सम्मान गरेको थियो ।

गत बर्ष छुटेका १९ जनालाई आज वडा कार्यलयमा एक कार्यक्रमका बिच बलाङकेट [कम्बल ] बितरण गरिएको हो । वडा कार्यालयले यस अघि नै बिनियोजन गरेको बजेटबाट उनीहरुलाई कम्बल बितरण गरेको हो ।

कम्बल बितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष बिसीले चिसोबाट जेष्ठ नागरिक र बालबालिका बढी प्रभावित हुने भएकोले अति आवश्यक काम बाहेक उनीहरुलाई बाहिर नजान आग्रह गर्नु भयो ।यस्तै कोरोना सक्रमण समेत बढी रहेकोले सबै वडाबासी लाई सचेत हुन अनुरोध गर्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu