Connect with us
Kapilvast Forest

अमेरिकाले कहिलेदेखि अल्टिमेटमसहितको उपहार दिन थालेछ:चीन

२०७८, १२ फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं- नेपालमा एमसीसी अनुमोदनको सकस बढिरहेका बेला विश्वका दुई महाशक्ति अमेरिका र चीन नेपाल मामिलामा वाकयुद्धमा उत्रिएका छन् । चीनिया विदेश मन्त्रालयले एक सातामा दोस्रो पटक एमसीसीबारे कडा टिप्पणी गरेको छ ।

चीनिया विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाललाई एमसीसी अमेरिकाको उपहार हो कि पाण्डोराको बाकस हो भनी कटाक्ष गरेकी छन् ।

उपहार हो भने अमेरिकाले किन अल्टिमेटम दिइरहेको छ भन्दै उनले आफूलाई यसले आश्चर्यमा पारेको बताएकी छन् । चाइना न्युज सर्भिसको प्रश्नको जवाफ दिने क्रममा विदेश मन्त्रालयकी प्रवक्ताले भनेकी छन्-उपहार कहिलेदेखि अल्टिमेटमसहित आउन थाल्यो ? मलाई डर लागेको छ,नेपाली भनाई जस्तै यो देख्दा राम्रो छ तर तिमीले यो मासु समाउन निकै कठिन हुन्छ ।

चीनले नेपालको सार्वभौमसत्ता र जनताको चाहनालाई पूर्ण सम्मान हुनुपर्ने भन्दै कुनै आन्तरिक मामिलामा कुनै हस्तक्षेप र राजनीतिक स्वार्थ जोड्न नहुनेमा समेत खबरदारी गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले यसअघि एमसीसी सम्झौता पारित नभए द्विपक्षीय सम्बन्धमा प्रभावित हुने चेतावनी दिएको प्रसंग उल्लेख गर्दै चीनिया विदेश मन्त्रालयकी प्रवक्ताले तीब्र कटाक्ष गरेकी छन् ।

उनले भनिन्-‘नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी जनताको तर्फबाट नेपालीलाई ५० करोड अमेरिकी डलरको उपहार भनेका थिए । मलाई आश्चर्य लागेको छ उपहारमा कसरी अल्टिमेटमको पोका आउने थाल्यो । त्यस प्रकारको उपहार कसरी स्वीकार्न सक्छ ? यो उपहार कि पन्डोरा बक्स हो ? यो हेर्दा राम्रो छ तर चपाउन मुस्किल पार्ने मासु हो भनेर नेपालीले भन्ने हुन कि भन्ने डर छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu