Connect with us
Kapilvast Forest

युक्रेनको डोनबासमा सैन्य कारबाही गर्ने पुटिनको घोषणा

२०७८, १२ फाल्गुन बिहीबारमा प्रकाशित

एजेन्सी-रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा विशेष सैन्य कारबाहीको घोषणा गरेका छन् । डोनबास हालै रुसले स्वतन्त्र राज्यको मान्यता दिएको दोनेत्स्क र लुहांस्कअन्तर्गत पर्छ ।

 

रुसी राष्ट्रपति पुटिनले टेलिभिजनबाट देशको नाममा सम्बोधन गर्दै सैनिक कारबाहीको घोषणा गरेका हुन् । यसअघि राष्ट्र संघीय सुरक्षा परिषद्ले युक्रेनको मामिलामा धीरता देखाउन रुसलाई आग्रह गरेको थियो ।

 

यसैबीच पूर्वी युक्रेन मात्रै नभएर राजधानी किभमा समेत विष्फोटको आवाज सुनिएको बीबीसीले जनाएको छ । रुसले पूर्वी युक्रेनमा हवाई उडान निषेधित क्षेत्र घोषणा गरेको छ । यो निषेध कति समयका लागि हो भन्नेबारे भने रुसले केही बताएको छैन ।

रुसले विशेष सैन्य कारबाही गर्ने बताएको केही समयपछि युक्रेनको राजधानी किभमा विस्फोटको आवाज सुनिएको युक्रेनस्थित संवाददतालाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

युक्रेनले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को सदस्य बन्न खोजेको विषयमा आपत्ति जनाउँदै आएको रुसले यसै पूर्वी युक्रेनमा पृथकतावादी गतिविधि भएको दुई राज्यको मान्यता दिएको थियो । रुसी कदमबाट आक्रोशित भएका पश्चिमा देशहरूले नयाँ चरणको प्रतिबन्धको घोषणा गरेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu