Connect with us
Kapilvast Forest

रुस र युक्रेनबीच वार्ता सुरु, युद्धविराम गर्नुपर्ने युक्रेनी प्रस्ताव

२०७८, १६ फाल्गुन सोमबारमा प्रकाशित

एजेन्सी -रुस र युक्रेनबीच शान्ति वार्ता सुरु भएको छ । रुसी सेनाले युक्रेनमा आक्रमण सुरु गरेको पाँचौँ दिन दुई देशका प्रतिनिधिमण्डलले युद्ध अन्त्य गर्ने उद्देश्यले वार्ता सुरु गरेका हुन् ।

युक्रेनसँगको सीमा क्षेत्रमा पर्ने बेलारुसको एक क्षेत्रमा भइरहेको दुईपक्षीय वार्ताकाे सुरुमै युक्रेनले युद्धविराम गरेर वार्ता अघि बढाउन आग्रह गरेको बीबीसीले जनाएको छ ।

यसअघि वार्ता टोली पठाउँदै गर्दा पनि युक्रेनी राष्ट्रपतिको कार्यालयले तुरुन्त युद्धविराम र रुसी सेना फिर्ता गर्न चाहेको बताएको थियो । युक्रेनले युद्धविराम र युक्रेनबाट रुसी सेना फिर्तीको माग राखेपछि वार्ताले सकारात्मक मोड लिने सम्भावना कम रहेको अधिकारीहरूले बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमहरूले जनाएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि नै वार्ताले सकारात्मक नतिजा दिनेमा आफूलाई विश्वास नभएको बताउनुभएको थियो ।

रुसी सेनाले युक्रेनमा अहिले पनि आक्रमण जारी राखेका छन् । रुसी वार्ताकार भ्लादिमिर मेडिन्स्कीले पनि रुसी दुवै पक्षको हितमा भएको सम्झौतामा पुग्न चाहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

युक्रेनकाे राष्ट्रपति कार्यालयले तुरुन्त सङ्घर्ष विराम लागू हुनुपर्ने र रुसी सेनालाई देशबाहिर निकाल्नुपर्ने जनाएकाे छ । यस्तै रुसका मध्यस्थकर्ता भ्लादिमिर मिदियन्सकीले रुसले दुवै पक्षका हित हुने सम्झाैता चाहेकाे बताउनुभएकाे छ ।

याे वार्ता सुरु हुनुभन्दा अघि युक्रेनका राष्ट्रपति भाेलाेदिमिर जेलेन्स्कीले रुसी सेनालाई हतियार बिसाउन र युक्रेनलाई तुरुन्त युराेपेली सङ्घकाे सदस्यता दिन माग गर्नुभएकाे थियाे ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu