Connect with us
Kapilvast Forest

युक्रेनका राष्ट्रपतिकाे चिठीप्रति रुसी राष्ट्रपति पुटिन आक्रोशित

२०७८, १५ चैत्र मंगलवारमा प्रकाशित

 

 

 

काठमाडौं – युक्रेनका राष्ट्रपति भाेलाेदिमीर जेलेन्स्कीकाे लिखित चिठीप्रति रुसी राष्ट्रपति भ्ल्यादिमीर पुटिन आक्रोशित हुनुभएकाे छ ।युक्रेनी राष्ट्रपति भाेलाेदिमीर जेलेन्स्कीले पुटिनलाई चिठी लेख्दै युद्ध अन्त्य गरी शान्ति प्रक्रियामा जाने बताउनुभएकाे थियाे । युक्रेनी राष्ट्रपति भाेलाेदिमीर जेलेन्स्कीको लिखित चिठीप्रति रुसी राष्ट्रपति पुटिन रिसाउनुका साथै आक्रोशित हुँदै उक्त चिठीको जवाफमा ‘म उनीहरूलाई वर्वाद गर्नेछु भन्नुभएकाे छ ।

रुस र युक्रेनबीचको युद्ध सुरु भएकाे आज (मंगलबार) ३४ दिन पूरा भएकाे छ । युक्रेनी राष्ट्रपति र रुसी राष्ट्रपति दुवै प्रत्यक्ष बैठकका लागि इस्तानबुल पुग्नुभएकाे छ । युक्रेनी राष्ट्रपति भाेलाेदिमीर जेलेन्स्कीले युद्धविरामका लागि पुटिनसँगको बैठक आवश्यक रहेको बताउनु भएकाे छ ।

जेलेन्स्कीले आफ्नो देशमा शान्ति चाहिएको बताउँदै आउनुभएकाे छ । तर रुसी राष्ट्रपति पुटिनले आवश्यक सर्तमा सहमति गरेपछि मात्र भेट्न सक्ने बताउनुभएकाे छ।

अर्कोतर्फ रुसी सेनाले युक्रेनका प्रमुख सहरहरूमा लगातार बमबारी गरिरहेको छ । हवाई हमलासँगै स्थलगत लडाई पनि भईरहेको छ । त्यस्तै, युक्रेनकाे मारियुपाेल शहरमा करिब ५ हजार जना मानिसकाे मृत्यु भएकाे छ भने डेढ लाख मानिस अलपत्र परेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu