Connect with us
Kapilvast Forest

तेस्रो विश्वयुद्ध भए आणविक युद्ध हुन्छ : रुसी विदेश मन्त्री

२०७८, १९ फाल्गुन बिहीबारमा प्रकाशित

एजेन्सी-रुसका विदेश मन्त्री सर्गेई लाभरोभले पश्चिमा देशहरूकै कारण आणविक हतियारसहितको तेस्रो विश्वयुद्धको जोखिम भएको बताउनुभएको छ ।

आज बिहीवार मस्कोमा भएको पत्रकार सम्मेलनमा बाेल्दै विदेश मन्त्री लाभरोभले पश्चिमा देशका केही नेताहरूले आणविक युद्धमा जान उक्साइरहेको र यसकै कारण तेस्रो विश्वयुद्धको जोखिम रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनका क्रियाकलाप र रुसमाथिको प्रतिबन्ध हेर्दा यसको विकल्प तेस्रो विश्वयुद्ध देखिएको लाभरोभको भनाइ छ । विदेश मन्त्री लाभरोभले आणविक हतियारसहितको तेस्रो विश्वयुद्ध हुने/नहुने विषय रुसको नभइ पश्चिमा देशको व्यवहारमा भर पर्ने बताउनुभएको खबरमा उल्लेख छ ।

यदि रुसविरुद्ध पश्चिमाहरूले साँच्चै युद्ध चाहेको भए उनीहरूले आणविक हतियारसहितको तेस्रो विश्वयुद्धबारे पनि सोचेको हुन सक्ने उहाँको भनाइ छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu