Connect with us
Kapilvast Forest

बुद्धभुमी नगरपालिकाः राष्ट्रपति रनिङ शील्ड रनगईलाई

२०७८, २२ फाल्गुन आईतवारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा संपन्न राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता २०७८ वडा नम्बर ३ स्थित नेपाल राष्ट्रिय माबि रनगईले जितेको छ । नगरपालिकाको बुढ्ढी स्थित खेलमैदानमा चार दिन सम्म चलेको प्रतियोगीता जितेसैगै उसले १० हजार नगद सहीत शील्ड समते हात पारेको हो । कक्षा नौ देखि १२ सम्मका बिद्यार्थीहरुलाई राष्ट्रपति रनिङ शील्डमा सहभागी गराइएको थियो । यस्तै कक्षा १ देखि ८ सम्म आधारभुत तहका बिद्यार्थीलाई मेयर कपमा सरिक गराइएको थियो ।

यस्तै पाचौ मेयर कप प्रतियोगीता वडा नम्बर ९ बकुलीपुर स्थित जन कल्याण माबिले जितेको छ । मेयर कपमा द्धितीय वडा नम्बर २ स्थित आधारभुत बिद्यालय बक्डरिया र तृतीय वडा नम्बर ९ स्थित आदर्श ईग्लीश बोडिङ स्कुल ईमिलिया तेश्रो भएको हो । मेयर कप छात्र तर्फ वडा नम्बर ९ स्थित आर्दश बोडिङ स्कुल प्रथम, वडा नम्बर ५ स्थित नेपाल राष्ट्रिय माबि चौरी द्धितीय र वडा नम्बर ६ स्थित माबि महुवा बावा तृतीय भयो ।

छात्रा तर्फ वडा नम्बर ९ स्थित जन कल्याण माबि बरकुलपुर प्रथम, वडा नम्बर २ स्थित आधारभुत बिद्यालय बक्डरिया द्धितीय र वडा नम्बर १० स्थित कपिलवस्तु राष्ट्रिय माबि चेत्रादेई तृतीय भयो । लुम्बिनी प्रदेशकी पर्यटन, ग्रामीण तथा शहरी विकास राज्य मन्त्री रिना नेपाल र मेयर केशव कुमार श्रेष्ठले संयुक्तरुपमा बिजयी टोली र खेलाडीलाई कप मेडल प्रमाण पत्र प्रदान गरेका थिए । सो अवसरमा मन्त्री नेपालले खेलकुदको विकासकालागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको बताईन ।

उनले खेल र खेलाडीको हौसला बढाउन खेल क्षेत्रमा थप लागनी आवश्यक रहेकेो बताईन । सो अवसमरा मेयर श्रेष्ठले नगरपालिकाले ५ बर्ष सम्म खेलकुदमा गरेको लगानीको मुल्यांक गर्ने बेला आएको बताए । उनले नगरपालिकलो सूरु देखि नै खेल क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको बताए । मेयर श्रेष्ठको अध्यक्षतामा भएको पुरस्कार बितरण कार्यक्रममा उप मेयर मीरा थारु, वडा नम्बर ४ का अध्यक्ष पवन कुमार चौधरी, वडा नम्बर ८का अध्यक्ष कपिल तिवारी, प्रमुख प्रशासकीय अधिकृत केशवराज सुबेदी, प्रशासन शाखा प्रमुख राजन कुमार पोख्रेल शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद भट्टराई लगायतको सहभागीता थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu