Connect with us
Kapilvast Forest

रुसले बाल अस्पतालमा आक्रमण गरेको युक्रेनको दाबी

२०७८, २६ फाल्गुन बिहीबारमा प्रकाशित

 

काठमाडौं – रुसले युक्रेनको मरियुपोलस्थित एक बाल अस्पतालमा बमबारी गरेको र त्यसबाट १७ जना घाइते भएको युक्रेनका अधिकारीहरुले दाबी गरेका छन् । मिडिया रिपोर्टस्का अनुसार रुसी आक्रमणबाट सो अस्पताल पूर्णरुपमा नष्ट भएको छ ।

यो आक्रमणपछि युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आक्रोश व्यक्त गर्दै युद्ध अपराधको संज्ञा दिएका छन् । उनले अस्पतालको अवस्थाको भिडियो फुटेज ट्वीट गर्दै रुसको बर्बरताप्रति विश्व कहिलेसम्म चुप लागेर बस्छ भनेर पनि प्रश्न गरेका छन् ।

 

संयुक्त राष्ट्रसंघ र विश्व स्वास्थ्य संगठनले पनि अस्पतालमा गरिएको आक्रमणको निन्दा गरेका छन् ।युक्रेनी राष्ट्रपतिले सो अस्पतालको भग्नावशेषमा बालबालिकाहरु दबेको हुनसक्ने बताएका छन् । मारियुपोलको सिटी काउन्सिलले हवाई आक्रमणबाट अस्पताल तहसनहस भएको र भारी क्षति पुगेको जनाएको छ । मिडिया रिपोर्टका अनुसार रुसी सेनाले बालअस्पतालमा थुप्रै बम खसालेका थिए र प्रसूति वार्डलाईसमेत निशाना बनाएका थिए ।

 

रुसले भने सो अस्पतालको भवनलाई खाली गराएर युक्रेनी सेनाले प्रयोग गरिरहेकाले आक्रमण गरेको जनाएको छ ।युक्रेनमा रुसी आक्रमणको दुई हप्ता पुगिसकेको छ । रुसले आक्रमण सुरु गरेलगत्तै युक्रेनको बन्दरगाह शहर मारियुपोल, खार्किभ लगायतका शहरका अस्पतालहरुलाई जमिनमुनि बनाइएका भूमिगत सेल्टरमा स्थानान्तरण गरिएको समाचारहरु सार्वजनिक भएका थिए ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu