Connect with us
Kapilvast Forest

नेटो अहिलेसम्मकै बलियो र एकताबद्ध भएको अमेरिकी राष्ट्रपति बाइडेनको दाबी

२०७८, ११ चैत्र शुक्रबारमा प्रकाशित

एजेन्सी-अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटो अहिलेसम्मकै बलियो र एकताबद्ध भएको बताउनुभएको छ ।

बेल्जियमको राजधानी ब्रसेल्समा भएको नेटो देशका राष्ट्रपतिहरुको बैठकपछि बाइडेनले रुसले युक्रेनमा गरेको नाजायज आक्रमणले नेटो देशहरुको गठबन्धनलाई थप बलियो र एकताबद्ध बन्न प्रेरित गरेको बताउनुभएको बीबीसीले जनाएको छ ।

अमेरिकासहित युरोप र एसियाका केही देशले रुस र राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध लगाएका प्रतिबन्धमा अडिग रहनुपर्ने र रुसविरुद्ध बाँकी विश्व एकताबद्ध हुनुपर्ने पनि बताउनुभएको छ ।

‘प्रतिबन्धले पुटिनलाई रोक्छ त ?’ भन्ने पत्रकारको जिज्ञासामा बाइडेनले भन्नुभयो, ‘सबैभन्दा महत्त्वपूर्ण विषय प्रतिबन्धको कार्यान्वयन र निरन्तरता हो, एक महिनापछि रुस आफ्नो कदमबाट पछि हट्न बाध्य हुनेछ ।’ रुसले आणविक हतियारको प्रयोग गरेमा अमेरिकाले त्यसको उचित जवाफ दिने बाइडेनले चेतावनी पनि दिनुभयो ।

नेटोमा अहिले ३० वटा देश पुगिसकेका छन्, हिजोको बैठकले रुसको प्रभाव रोक्न युक्रेनलाई थप सहयोग गर्ने र पूर्वी युरोपमा थप सेना तैनाथ गर्ने निर्णय गरेको छ । यसैबीच, रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले युक्रेनलाई समर्थन र सहयोग जारी राख्ने र बढाउने नेटो गठबन्धनको निर्णयले द्वन्द्व चलिरहोस् भन्ने देखाएको बताउनुभएको छ ।

युक्रेनलाई सशस्त्र बनाउने र थप सहयोग गर्ने पश्चिमाहरुको निर्णयले तत्कालै युद्ध रोकिने सम्भावना नरहेको विदेशमन्त्री लाभरोभले बताउनुभएको बीबीसीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu