Connect with us
Kapilvast Forest

महाराजगंजको नि:शुल्क आयुर्वेद स्वास्थ्य शिबिरमा  ७ सय १४ जनाले चेकजाँच गराए

२०७८, १२ चैत्र शनिबारमा प्रकाशित

कपिलबस्तु

कपिलबस्तुको महाराजगंजमा १ दिने नि:शुल्क आयुर्वेद  स्वास्थ्य शिबिर सम्पन्न भएको छ । कपिलबस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना तथा महाराजगंज नगरपालिकाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको महाराजगंज नगरपालिकाको नगर स्वास्थ्य सह-संयोजक राधेश्याम कलवारले जानकारी दिनु भयो ।

महाराजगंज नगरपालिकाको वडा नं १ मा संचलित रहेको श्री जानकी माध्यमिक बिद्यालयको प्रगांणमा संचालित नि:शुल्क आयुर्वेद  स्वास्थ्य शिबिरमा ३सय १४ महिला तथा ४ सय पुरुष गरि ७१४ जनाले चेकजाँच गराएको  सह-संयोजक कलावरले जानकारी दिनु भयो ।

 

नि:शुल्क आयुर्वेद स्वास्थ्य शिबिरमा,मधुमेह,रक्तचाप,स्त्रीरोग,नाक,कान,घाटी,छाला,ग्यास्टिक,पाईल्स लगायतको रोगीहरुको परिक्षण गरि औषधी बितरण गरिएको थियो । शिवरको उदघाटन शत्रमा कपिलबस्तु आयुर्वेद स्वास्थ्य केन्द्र,कपिलबस्तुको प्रमुख डा.प्रबेश श्रीवास्तवको अध्यक्षता ,महाराजगंज नगरपालिकाको नगर प्रमुख अब्दुल कलामको प्रमुख अथित्यता,नगर उप-प्रमुख शुभावती देवी कुर्मीको बिशिष्ट अथित्यतारहेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu