Connect with us
Kapilvast Forest

नवौं राष्ट्रिय खेलकुद जेठबाट असोजमा सर्यो

२०७९, १० जेष्ठ मंगलवारमा प्रकाशित

 

 

 

काठमाडौं – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज अन्तिम साता हुने भएको छ ।यसअघि जेठ महिनाको २२ देखि २८ गतेसम्म हुने भनिएको नवौं राष्ट्रिय प्रतियोगिता असोजसम्म सारिएको हो ।

युवा तथा खेलकुद मन्त्रायलयले मंगलबार पत्रकार सम्मेलन गरेर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो ।राष्ट्रिय खेलकुद परिषद् राखेपको प्रश्तावमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले जानकारी दिनुभयो ।

फास्ट ट्रयाकबाट गर्ने भनिए पनि कानूनी प्रक्रिया र सार्वजनिक खरिद ऐनअनुरूप यसअघि तोकिएको समयमा गर्न असम्भव भएको उहाँले जानकारी दिनुभयो ।

नवौं राष्ट्रिय खेलकुदमा ६० करोड भन्दा धेरै खर्च नगर्न अर्थ मन्त्रालयले निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

कोभिड १९ महामारीका कारण दुई वर्ष ढिलो भइसकेको नवौं राष्ट्रिय खेलुकद जेठ २२ गतेदेखि २८ गतेसम्म गण्डकीको पोखरामा हुने तय भएको थियो ।

नवौं राष्ट्रिय खेलकुदका लागि यसअघि नै लोगो, मस्कट र नारासमेत सार्वजनिक भइसकेको छ । विभिन्न ३८ खेलमा प्रतिष्पर्धा गराउनेसमेत यसअघि नै निर्णय भइसकेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu