Connect with us
Kapilvast Forest

एमाले खुम्चियो कांग्रेस बन्यो ठूलो दल

२०७९, ११ जेष्ठ बुधबारमा प्रकाशित

 

काठमाडौं- वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट प्रमुख प्रतिपक्षी नेकपा एमाले खुम्चिएर दोस्रो दलमा झर्दा नेपाली कांग्रेस पहिलो राजनीतिक दल बन्ने निश्चित भएको छ। झण्डै दुई सातादेखि जारी मतगणना अन्तिम चरणमा पुगेको छ। मतगणनाको मंगलबार साँझसम्म घोषित परिणाम अनुसार कांग्रेसले ३ सय २३ स्थानीय तहको प्रमुख जितेको छ। काठमाडौं, महानगरपालिकासहित नौ स्थानीय तहमा मतगणना जारी रहँदा उसले ४ स्थानमा अग्रता लिएको छ। २०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट पहिलो दल बनेको एमालेले यसपटक २ सय ३ स्थानीय तहको प्रमुख जितेको छ। बाँकी केही पालिकाको जारी मतगणनामा उसले दुई ठाउँको प्रमुखमा अग्रता लिएको छ।

अघिल्लोपटक काठमाडौं, पोखरा महानगरपालिकासहित स्थानीय तहको परिणाम आफ्नो पक्षमा पारेको एमाले यसपटक सबै महानगरपालिका गुमाउने अवस्थामा पुगेको छ। यसपटक मधेस प्रदेशमा आफ्नो अवस्थामा केही सुधार गरेको एमालेले लामो समयदेखि उसको प्रभावमा रहेका क्षेत्र गुमाउन पुगेको छ। कांग्रेसले पनि विगतमा जितेको धनगढीसहितका केही स्थानीय तह यसपटक गुमाएको छ। दार्चुला, पूर्वीरुकुममा कांग्रेसले कुनै पनि स्थानीय तहको प्रमुख पदमा जित निकाल्न सकेन। एमाले पनि नौ जिल्लाका स्थानीय तहमा प्रमुख जित्न असफल भएको छ।

माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा भन्दा यसपटक आफ्नो अवस्थामा केही सुधार गरेको छ। भरतपुर महानगरपालिकामा आफ्नो जितलाई निरन्तरता दिँदै उसले अहिलेसम्म १ सय २१ स्थानीय तहको प्रमुख जितेको छ। दुई दर्जनभन्दा बढी जिल्लाका स्थानीय तहमा प्रमुख जित्न असफल माओवादी काठमाडौं उपत्यकामा भने निकै कमजोर देखिएको छ।एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिको प्रमुख आफ्नो पक्षमा पारिसकेको छ। पोखरा महानगरपालिकामा ऊ जितको नजिक छ। उसले अहिलेसम्म जम्मा १९ स्थानीय तहको प्रमुख जितेको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu