Connect with us
Kapilvast Forest

उत्पादनका आधारमा कृषि अनुदान

२०७९, ११ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं – सरकारले कृषिक्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख आधारका रुपमा विकास गर्ने नीति लिँदै उत्पादनका आधारमा मात्रै अनुदान दिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि तयार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सो जानकारी दिनुभएको हो ।

सरकारले उपलब्ध गराउँदै आएको कृषि अनुदान अन्य क्षेत्रमा पुगेको कुरा बाहिरिएपछि उत्पादनका आधारमा वास्तविक किसानलाई मात्रै अनुदान दिने नीति लिएको देखिएको छ । सरकारले कृषिक्षेत्रलाई आर्थिक विकासको प्रमुख खम्बाका रुपमा अघि बढाउन कृषकको संरक्षण गर्ने नीति लिने र कृषकले उत्पादन गरेको उपज खरिद गर्ने व्यवस्था मिलाउने भएको छ ।

कृषि अभियन्ताहरुले भने उत्पादनका आधारमा मात्रै कृषि अनुदान प्रभावकारी हुन नसक्ने बताइरहेका छन् । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले किसानको वर्गीकरण नगरी उत्पादनका आधारमा अनुदान दिनु ठीक नहुने बताए । ‘यस्तो खालको नीति ठूला किसानको हकमा मात्रै राम्रो हुने भएकाले साना किसान समस्यामा पर्न सक्छन् । त्यसैले कृषि अनुदान दुरुपयोग भएको अवस्थामा सोको छानविन गरी कारवाहीको प्रक्रियामा जानु राम्रो हुन्छ,’ उनले आर्थिक अभियानसँग भने । नीति तथा कार्यक्रममा उल्लिखित कृषकको संरक्षण गर्ने कुरा स्वागतयोग्य भए पनि त्यो पूरा गर्न स्पष्ट नीति नदेखिनुलाई आशालाग्दो मान्न नसकिने उनले बताए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu