Connect with us
Kapilvast Forest

पदभार ग्रहणसँगै ललितपुरका मेयर महर्जनले गरे ३ निर्णय

२०७९, ११ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं – ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पदभार ग्रहणसँगै तीन वटा निर्णय गरेका छन् ।उनले अब वडास्तरीय विकास निर्माण र सम्पादन हुने काम सबै वडाबाटै गर्ने, चक्रपथ बाहिरका क्षेत्रबाट पनि फोहोरमैला संकलन गर्ने र अनलाइनबाट राजस्व तिर्ने व्यवस्था गर्ने बताए ।

 

‘वडाबाट सम्पादन गरिने कुनै पनि कामका लागि नगरपालिकामा आउनुपर्दैन’ महर्जनले भने ।त्यस्तै महानगरपालिकाले हालसम्म चक्रपथभित्र मात्र फोहोर संकलन गर्दै आएकामा दुई तीन हप्तापछि २९ वटै वडाबाट फोहोर संकलन गरिने उनले बताए ।

ललितपुर महानगरपालिकाले किनेको कम्प्याक्ट ट्रक दुई हप्तामा आइपुग्ने र त्यसपछि फोहोर संकलन गरिने उनको भनाइ छ ।मेयर महर्जनले अनलाइनमार्फत राजस्व संकलनको व्यवस्था गर्ने पनि घोषणा गरे ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu